बारा, ९ फागुन । बाराको महागढीमाई नगरपालिकाका बिभिन्न स्थानमा रहेका
बिडी उद्योगमा कार्यरत मजदूरले आफ्नो मजदुरी बढाउनुपर्ने माग गरी आन्दोलन
गर्दै आएका छन ।
१२ घण्टा कडा मेहनत गरेर एक हजार बिडी बनाए वापत पाइने डेढ सय रूपैयाँले
परिवार पाल्न समस्या भएपछि ज्यााला वृद्धिको माग गर्दै आन्दोलनमा
उत्रिनुपरेको मजदूरले बताएका छन ।
मजदूरले बिडीको ज्याला बढाउनको लागि एक महिना काम ठप्प पारेपनि ज्याला
वृद्धि गर्न व्यवस्थापन पक्ष तयार नदेखिएको मजदूर युनियनका अध्यक्ष
हरेन्द्र शाहले बताए । उनका अनुसार महागढीमाईको गजभवानीपुर, दहियार,
बगडमपुर, बरियारपुर, मैनी लगायतका मजदूरहरू ज्याला वृद्धिको माग गर्दै
पटक–पटक आन्दोलनमा उत्रिएका हुन ।
कडा मिहिनेत गरेर काम गर्दा पाउने ज्यालाले बजारको तरकारी पनि किनेर खान
नसक्ने अवस्था रहेको शाहको गुनासो छ । न्यून मजदुरी ज्यालाले परिवार पनि
पाल्न धौधौ रहेको उनले बताए ।
बिडी उद्योगीहरूले ज्याला नबढाए पनि बेरोजगारी कारणले कुनै किसिमको
तालिम र आय स्रोत नभएको हुनाले बाध्य भएर बिडी बनाउनु परेको मजदूर जवाहिर
साहले बताए । उद्योगीहरूले ६ वर्ष अगाडी देखि नै ज्यालाका साथ ६५० ग्राम
पाता, ४०० ग्राम सुर्ती दिँदै आएकोमा अहिले २० ग्राम पाता र ३० ग्राम
सुर्ती कटौटी गरेको उनले बताए ।
यता बिडी उद्योग युनियनका अध्यक्ष हरेन्द्र साह कलवारले बिडी बनाउँन
आवश्यक कच्चा पदार्थ मंहगो हुँदै गएको र बिडी सस्तोमा बेच्नुपर्ने
समस्याले मजदुरको ज्याला बढाउन नसकेको समस्या रहेको बताए ।
महागढीमाई नगरपालिकामा रहेका एक दर्जनभन्दा बढी बिडि उद्योगमा २५ सय
भन्दा बढी मजदुरहरू कार्यरत रहेका छन ।

प्रतिक्रिया