१ फागुन, काठमाडौंं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले
आन्दोलनको स्वरूप फेरिएको समय सदुपयोग गर्दै मधेस समस्या समाधान गर्नु
पर्ने बताएका छन । मधेसी मोर्चाका नेता महतोले नभए चैत्र बैशाखमा घनघोर
आन्दोलन हुने चेतावनी दिए । उनले भने–'यो समयको सरकार र तीन दलले सदुपयोग
गरेर समाधान खोज्नु पर्छ । वार्तामा टाईमपास गर्दै टालटुले प्रबृत्तिले
आन्दोलन रोकिँदैन ।' आफूहरू अहिले शक्ति सञ्चयमा लागेको भन्दै उनले
भने–'मधेसी जनता र दलहरू हारेका वा थाकेका होइनन । लक्ष्य प्राप्त
नभएसम्म आन्दोलन जारी रहन्छ ।' महतोले मोर्चाको विस्तार शक्ति सञ्चयको
शुरूवात भएको भन्दै अर्काे चरणमा संसदमा नरहेका तर, आन्दोलनमा रहेका
थारूहट सहितका दलहरूलाई ल्याउने तयारी भइरहेको बताए । सद्भावना पार्टीका
अध्यक्ष महतोले मधेस आन्दोलनलाई यसरी नै छाडेर प्रधानमन्त्री केपी शर्मा
ओलीको भारत भ्रमण सफल हुन नसक्ने दाबी गरे । रिपोर्टर्स क्लब नेपालले
शनिवार आयोजना गरेको साक्षात्कारमा महतोले भने–प्रधानमन्त्रीको भारत
यात्रा यसै छाडेर फलदायी हुँदैन । भारतीय जनताको समर्थन मधेस आन्दोलनमा छ
। मधेस आन्दोलन समाधान गर्ने संकेत गरेर भ्रमणमा गए भारतीय जनताको सद्भाव
पाउँछन ।' राजनीतिक संयन्त्रको कार्यादेशमा मधेसमा दुई प्रदेश हुनेछ भनि
लेख्नु पर्ने अडानवारे सोधिएको प्रश्नमा उनले भने–'जे गरे पनि हुन्छ तर
हामीलाई मधेसमा दुई प्रदेश चाहिएको छ ।'

प्रतिक्रिया