काठमाडौँ, २८ माघ । उन्नाइस वर्षमुनि (यु–१९) उमेर समूहको विश्वकप
क्रिकेट प्रतियोगिताको "प्ले अप"मा नेपाल आज नामिबियासँग १५ रनले पराजित
भएको छ । पराजयसँगै नेपाल सन् २०१८ मा हुने यु–१९ विश्वकपका लागि सोझै
छनोट हुन असफल भएको छ ।
बङ्गलादेशको फतुल्लाहमा सातौँ स्थानका लागि भएको खेलमा टस जितेर व्याटिङ
गरेको नामिबियाले ४५ ओभरमा नौ विकेट गुमाउँदै २२५ रन बनायो । जवाफी
व्याटिङमा उत्रेको नेपालले ४४.२ ओभरमा सवै विकेट गुमाउँदै २१० रन मात्र
बनायो ।
नेपालका लागि ओपनर सुनिल धमलाले अर्धशतक बनाए । उनले ८४ बल खेल्दै ५९ रन
जोडे । त्यस्तै, योगेन्द्र कार्कीले ३५, प्रेम तामाङले ३२, दीपेन्द्र
ऐरीले ३१ र आरिफ शेखले ३० रन बनाए ।
नामिवियाका मिचेल भान लिङ्गेनले ४, फ्रिट्ज कोइट्जीले ३ तथा बुर्टन
जाकोब्स्ले २ विकेट लिएपछि नेपाल लक्ष्यमा पुग्न सकेन । यसअघि नामिवियाका
लागि लोहान लरेन्स्ले सर्वाधिक ५९ रन वनाएका थिए ।
यस्तै लिङ्गेनले ५८ तथा फ्रान्कोइस राउटेनवाचले ३९ रन जोडे । नामिबियालाई
मध्यम स्कोरमा समेट्न नेपालका सन्दीप लामिछानेले तीन, सुशील कँडेलले दुई
तथा सुनिल धमला र प्रेम तामाङले एक/एक विकेट लिए ।
आजको खेलमा नेपालले विजय हासिल गरेको भए सातौँ स्थानमा रहँदै सन् २०१८
मा हुने यु–१९ विश्वकपका लागि सोझै छनोट हुने थियो । रासस

प्रतिक्रिया