विराटनगर, माघ ९ । संयुक्त मधेसी लोकतान्त्रिक मोर्चा मोरङले रङ्गेली
घटनाको सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ ।
आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मोर्चामा आवद्ध सङ्घीय समाजवादी
फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादवले मृतकलाई सहिद घोषणा,
क्षतिपूर्ति, घाइतेको उपचार र सद्भावना पार्टीका केन्द्रीय सदस्य दिलीप
घाडेवामाथि विराटनगरमा साङ्घातिक आक्रमण गर्नेमाथि ज्यान मार्ने
अभियोगअन्तर्गत मुद्दा दर्ता हुनुपर्ने माग पनि अघि सारे ।
उनले यी माग पूरा नभए बिहीबार रङ्गेलीमा प्रहरीको गोलीबाट मृत्यु भएका
मोर्चाका तीन कार्यकर्ताको शव नबुझ्ने बताए ।
घटनामा गोली लागेर गम्भीर घाइते भएका सात जनामध्ये जगन्नाथ साह र विक्रम
सहनीको अवस्था चिन्ताजनक रहेको र उनीहरुको उपचार धरानस्थित विपी कोइराला
स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
तमलोपाका जिल्ला अध्यक्ष मोहम्मद कादिरले प्रशासनको कमजोरीका कारण घटना
भएकाले सम्बन्धित अधिकारीले माफी माग्नुपर्ने माग राखे। रासस

प्रतिक्रिया