रौतहट, २४ पुस । रौतहट जिल्लाको गाउँ विकास समिति अकोलवा वैरियामा एकजना
बालिका जलेर घाइते भएकी छिन् । बिजुली नभएको अवस्थामा टुकी जलाउन गएकी
स्थानीय वार्ड नम्बर ६ निवासी शेख बरारको ११ वर्षीया छोरी कुल्सुम खातुन
गम्भीर रुपमा घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मैनवती जलाएर राख्न खोज्दा जिउमा खसेपछि शरीरमा आगो लागेको थियो ।
खातुनको जिउमा आगो लागे पश्चात निभाउन गएकी वरारको २३ वर्षीया वहिनी
अन्वारी बेगम र ओछ्यानमा सुतेका १८ महिनाका बालक ओसमाबाबु समेत घाइते
भएको प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलले बताएका छन् ।
खातुनको उपचारका लागि काठमाडौं पठाइएको छ भने बेगमसहित १८ महिनाको बालकको
अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया