९ माघ, सिमरा । बाराको सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले
सबै सदस्यहरुलाई आधारभूत सहकारी र व्यवसाय प्रवर्द्धन तालीम आज सुरु
गरेको छ । तालीमको उदघाटन गर्दै संस्थाका अध्यक्ष एवम् नेपाल बचत तथा ऋण
केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले
सहकारी संस्थाहरुको सञ्चालन र व्यवस्थापनमा सदस्यहरुको भूमिका महत्वपूर्ण
हुने भएकोले यसमा सहकारी र सदस्यहरु जिम्मेवार हुनुपर्ने बताए । सबै
सदस्यहरुलाई सहकारीको अवधारणा र उद्यमशिलता प्रवर्द्धनका लागि उत्तरदायी
बनाउने अभियानमा हातेमालो रहेको बताउदै पौडेलले आगामी एक वर्षभित्र २
हजार सदस्यहरुलाई तालिम उपलव्ध गराउने बताए । संस्थाका सञ्चालक एवम्
शिक्षा तथा तालीम उपसमितिका संयोजक इदि्रस मियांको अध्यक्षतामा सम्पन्न
कार्यक्रममा डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोत्तम पोखरेल,
नेफ्स्कूनका बरिष्ठ अधिकृत सञ्जय तिमल्सेना, संस्थाका लेखा संयोजक
डम्मरमणि थेवे लिम्वु, उपाध्यक्ष सीता गुरुङ, सचिव यज्ञ आले, कोषाध्यक्ष
शिव वाग्लेलगायत संस्थाका सञ्चालक समिति, उपसमिति सदस्यहरु, सदस्यता नं.
१ देखि १०० सम्मका सदस्यहरुको सहभागिता रहेको छ । नेफ्स्कूनका बरिष्ठ
अधिकृत सञ्जय तिमल्सेनाले तालीमको सहजीकरण गर्नुभएको थियो भने
कार्यक्रमको सञ्चालन व्यवस्थापक महेश ढुंगेलले गर्नुभएको थियो । तालीमका
सहभागीहरुलाई संस्थाका अध्यक्ष एवम् नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेल,
डिभिजन प्रमुख कुलोत्तम पोखरेल र कार्यक्रम संयोजक ईदि्रस मियांले
प्रमाणपत्र वितरण गरे ।

प्रतिक्रिया