वीरगन्ज ९ माघ आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको दुई
जिल्लाको स्थानीय बैठकले प्रमुख तीन दल नेपाली काँगेस, नेकपा एमाले र
एकिकृत नेकपा माओवादीको कुनै पनि सार्वजनिक कार्यक्रम बारा र पर्सामा
गर्न नदिने निर्णय गरेको छ । मोर्चाका दुई जिलका अगुवाहरुले संयुक्त
बैठकपछि जारी गरेको प्रेस बिज्ञप्तिमा तीन दलहरुलाई कार्यक्रम गर्नमा रोक
लगाउने जनाइएको छ ।
बिगत ५ महिना भन्दा लामो समयदेखिको मधेशी र थारु आन्दोलनको क्रममा
राज्यतर्फबाट भएको बल प्रयोग र हिंसासंगै मोरङगको रंगेलीमा भएको गोली
प्रहारको घट्ना निन्दा गरिएको छ । सरकारले बल प्रयोग गरेर अधिकारको
आन्दोलन दबाउन खोजेको बिज्ञप्तिमा भनिएको छ । रंगेली घटनाको बिरुधमा
आन्दोलन थप कडा बनाउने निर्णय गरिएको बिज्ञप्तिमा उल्लेख छ ।
…संबिधानमा लोकतान्त्रिक अधिकारको स्थापनाका लागि मधेशमा जारी
जनताको आन्दोलन बिरुद्धमा देखा परेका र हत्याहिंसाको बलमा दबाउन खोज्ने
सरकारलाई सर्मथन गरिरहेका र हुनाले काँग्रस, एमाले र एमाओबादीको
कार्यक्रम हुन नदिन निर्णय गरिएको छ,' मोर्चाका जनपरचालन समिति पर्साका
संयोजक रहेका संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले
भने, …भन्नु के छ र ? मधेशबाट मत लिएर गएका उनीहरुले जनताको मुद्दा
छोडेकोले ति पार्टीहरु मधेशी बिरोधी भएको प्रस्टै छ, मधेशी जनताको भावना
अनुसार निर्णय गरेका हौं ।'
तराई मधेश बिधार्थी प्रन्टका बारा जिल्ला अध्यक्ष संतोष यादव र
कक्ष १० पढ्ने अभिषेक झाँ लगायतका पक्राउ परेका युवाहरु उपर लगाइएको मुदा
फिर्ता लिन माग गरिएको छ । माग पुरा नभए शैक्षिक संस्था, यातायात,
कलकारखाना, उद्योग, ब्यापार, बैक तथा बितीय संस्थाहरु सबै पुनः बन्द
गर्ने बिज्ञप्तिमा भनिएको छ । यसैबिच शनिबार बिहान पनि वीरगन्ज र आसपासका
क्षेत्रमा चोकचोकमा टायर बालेर मोर्चाका कार्यकर्ता प्रदर्शनमा उत्रिएका
छन् । तमलोपाका महामन्त्रि जितेन्द्र सोनल सहितका नेताहरुको उपस्थिती
थियो ।

प्रतिक्रिया