वीरगंज, माघ ७ । मधेसी मोर्चाको आन्दोलनका कारण वीरगंज–रक्सौल नाका ठप्प
भएको चार महिना वितिसकेको छ । सिमा नाकामा धर्नामा बस्ने आन्दोलनकारीको
संख्या न्यून हुँदै गए पनि नाका खोल्ने प्रयास कतैबाट भएको छैन ।
सिमा नाका ठप्प हुँदा वीरगंज–पथलैया करिडोरका दुई हजारभन्दा बढी उद्योग
बन्द भएका छन । संयुक्त मधेशी मोर्चाको धर्नाको कारण यो नाका भएर रिक्सा,
टागां समेत चल्न सकेका छैनन । जसले गर्दा नाकाबाट आउने जानेलाइं पनि
कठिनाइ भोग्नु परेको छ । मधेस आन्दोलनको केन्द्रबिन्दु बनेको यो धार्नामा
अहिले उपस्थिति न्यन रहेपनि नाकाबन्दी हटेको छैन । जसले गर्दा प्रत्येक
दिन मुलुकले करोडौको छती बेहोर्नु परेको छ ।नाकाबन्दीको कारण औद्योगिक
लगानीका दृष्टिले सबैभन्दा ठूलो वीरगञ्ज पथलैया कोरिडोरका साना–ठूला गरी
करिब २ हजार उद्योग बन्द भएको वीरगंज उद्योग वाणिज्य सघंका अध्यक्ष
प्रदिप केडिया बताउँछन ।
बन्दी र नाकाबन्दीले मुलुककै मुख्य आयात निर्यात केन्द्रमा रहेको
वीरगञ्ज भन्सारले पुष मसान्त सम्ममा ३३ अर्ब रूपैयांभन्दा बढी राजश्व
गुमाउनु परेको छ ।

प्रतिक्रिया