बन्द हड्तालका कारण वीरगञ्जका वित्तिय संस्थाको ऋण जोखिममा
पौष २७, वीरगञ्ज ।
लामो बन्दहड्ताल र आन्दोलनका कारण आर्थिक नगरी वीरगञ्जका वाणिज्य
बैंकहरुको ऋण जोखिममा परेको छ ।
बन्दहड्तालको कारण सबै क्षेत्रमा छुट खोज्ने प्रवृत्ति विकास भएको छ ।
बैंकबाट ऋण लिएका ऋणीहरु सकेसम्म ऋण तिर्न नचाहने, बन्दहडतालको कारण
देखाउदै ऋणमा छुट खोज्ने, टार्ने र लुक्नेसम्मको प्रवृत्ति देखा परेकाले
वाणिज्य बैंक तथा वित्तिय संस्थाका व्यवस्थापनलाई समस्या पर्न थालेको छ ।
मेगा बैंकका शाखा प्रबन्धक अमत्र्य ओजस्वी उपाध्याय बन्दहडताल सुरु भए
देखिनै यो प्रवृत्ति देखा परिरहेको बताउनुहुन्छ ।
युनाइटेड फाइनान्सका शाखा प्रबन्धक मनिष आचार्यका अनुसार ४ महिनायता
अधिकांश ऋणीले बन्दहडतालको कारण आम्दानीको श्रोत सुकेर व्याज वा किस्ता
तिर्न समस्या भएको बताईरहेका छन् ।
लामो बन्दहडतालका बीच वीरगञ्जका केही वित्तिय संस्थाले शाखाको मुख्य
गेटमै ग्राहकको चेक तथा नगद जम्मा गर्ने रसिद बुझेर नगदी कारोबार
गरिरहेका छन् । वीरगञ्जमा सरकारी तथा निजि क्षेत्रका गरी २९ बैंकले सेवा
दिइरहेका छन् । यस बाहेक विकास बैंक, फाइनान्स कम्पनी आदि समेत गरी करीब
५ दर्जन वित्तिय संस्था छन् । साना ठूला गरी २ दर्जन हाराहारीमा सहकारी
पनि छन् ।
सामान्य अवस्थामा अत्यधिक आर्थिक कारोबार हुने पर्सा बारा औद्योगिक
करिडोरमा बाक्लो संख्यामा उद्योगको उपस्थितिले वीरगञ्जका वाणिज्य बैंकले
निक्षेप संकलनको अधिकांश हिस्सा ऋण लगानी गर्ने गर्दछन् । राष्ट्र बैंकले
समेत कूल निक्षेप संकलनको ८० प्रतिशतसम्म रकम कर्जा लगानी गर्ने नियम
बनाएकाले निक्षेप भएको रकमको अधिकतम हिस्सा कर्जा लगानी गर्नु वाणिज्य
बैंकहरुको बाध्यता नै हो ।

प्रतिक्रिया