रौतहट, ७ माघ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको गलत नीतिका कारण
तराई–मधेशमा बसोवास गर्दै आएका लाखौं व्यक्तिहरू नेपाली रूपैयामा
तिर्नुपर्ने बढ्दो बट्टाका कारण ठगिदै आएका छन । नेपाली रूपैयाँमा १४
प्रतिशतसम्म बट्टा तिर्नुपर्ने बाध्यताका कारण अहिले उनीहरू चिन्तित भएका
हुन ।
तराई–मधेशको भारतीय सीमा क्षेत्रमा बसोवास गर्दै आएका स्थानीय
वासिन्दाहरू भारतीय बजारहरूमा निर्भर रहदै आएका कारण दैनिक उपभोगका
वस्तुका सामग्रीदेखि घरमा हुने यज्ञ अनुष्ठान, विवाह, जनेउ, श्राद्ध,
पर्व, उत्सव लगायतका कार्यको निमित सीमावर्ती क्षेत्रका भारतीय बजारहरूमा
किनमेल गर्न जानुपर्ने अवस्था रहेको छ ।
भारतीय वजार रक्सौल, छौडादानो, घोडासहन, चैनपुर बैरगनिया, सितामढी
लगायतका बजारहरूमा समान खरिद गर्न जाँदा त्यहाँका व्यापारीहरू आफ्नो
मनोपोली ढंगबाट नेपाली रूपैयाँमा सयकडा १४ प्रतिशत बट्टा लिने गरेका छन ।
भारतीय व्यापारीहरू नेपाली रूपैयाँमा १४ प्रतिशतसम्म बट्टा लिने गरेको
मुडबलवा गाविसका स्थानीय विक्रम यादवले भन्ने जसले गर्दा यहाका
मानिसहरूको अवस्था हृदयविदारक बनेका छन । करिब तीन वर्षदेखि चल्दै आए पनि
नियन्त्रण गर्ने सम्बधित निकाय मौन हुनुले पनि यो अबैध कार्य फस्टयाउदै
गएका छन । जसले गर्दा नेपालीहरूको दैनिक करोडौ रूपैया खेर गैरहेका छन ।
यो अबैध कारोवारमा नेपाल भारतका माफियाहरू संलग्न रहेका छन र उनीहरूको
इशारामा नै बट्टा बढने गरेका स्रोत बताउछन । स्थानीय सावन यादवले नेपाल
सरकार र नेपाल राष्ट्र बैंकको हेपाहा प्रवृतिका कारण तराई मधेशका
मानिसहरू नेपाली रूपैयामा बट्टा तिर्नु पर्ने बाध्यता रहेको बताए ।
बैड्ढले भारतीय रूपैया दिन छाडेपछि यो समस्या विगत तिन वर्ष देखि सृजना
भएको बताउदै यादवले भने बैंक अहिले पनि भारतीय रूपैया दिन शुरू गरेपछि
समस्या समाधान हुने छ ।
विगत ५ महिना देखि जारी रहेको मधेश आन्दोलनका कारण बट्टाका समस्या
एक्कासी बढेकोले तराईका ठुल्ला बडा नेता देखि लिएर सर्व साधारण जनता समेत
पीडित बनेकाले आन्दोलनरत मधेशी मोर्चालाई बट्टाको मुद्दा बनाउन पनि आग्रह
गरेका छन । विश्व बैंकले भारतीय सय रूपैयाको १६० रूपैया तय गरे पनि
भारतीय व्यापारीहरूले मनोमानी रूपले अहिले १७४ मा लिने गरेका छन १ भारतीय
भूमिमा दैनिक नेपाली ग्राहकहरू ठगिदै आए पनि त्यहाँका प्रशासन सोको
नियन्त्रण गर्ने तर्फ अनभिज्ञ बनेका छन । बट्टाको यो समस्या नेपालीहरूको
सामु विकराल समस्याको रूपमा उत्पन्न हुदै गएका छन, तथा समाधान भएन भन्ने
यसै विषयलाई लिएर निकट भविष्यमा आन्दोलन हुने निश्चित छ।

प्रतिक्रिया