बुटवल, माघ ९ । बुटवलमा सवारी चालक अनुमतिपत्र बितरणमा व्यापक अनियमितता
भएको छ । कार्यालयले सेवाग्राहीलाई व्यवस्थित रुपमा सबारी चालक अनुमति
पत्र बितरण गर्न नसक्दा हप्ता दिन लाइनमा बस्दा समेत सेवाग्राही रित्तै
हात फर्कन बाध्य छन् ।
कर्मचारीको मिलेमतोमा बिचौलीयाको काम रातीमा कार्यालय खोलेर गरिने
प्रबृति बढेसंगै दिनभर लाइनमा बस्नेहरुको अहिले बिजोग भएको हो ।
सर्बसाधारणलाई दिन रात लाईनमा राखि महिना दिनसम्म पनि सबारी चालक अनुमति
पत्र बितरण नगरेको गुनासो सेवाग्रहीको छ ।
कार्यालयका कर्मचारीलाई आर्थिक प्रलोभनमा पार्ने बिचौलियाहरु कार्यालय
भित्र कर्मचारी भन्दा बढी हुने गरेको पाइन्छ । कर्मचारीहरु बिचौलियाको
काम गर्न कार्यालय छाडेर वाहिरी अड्डामा पुग्ने गर्दछन ।
जसको कारण सेवाग्राहीसंग दिनभर लाइनमा बस्नुको बिकल्प छैन । बिचौलिया
मार्फत जाने हो भने सेवाग्राहीको काम पनि तुरुन्त हुने गरेको छ ।

प्रतिक्रिया