कलैया, माघ ८ । संयुक्त मधेसी मोर्चा बाराका कार्यकर्ताहरुले आज बिहान
करिब ८ बजे भरत चोकमा दुईवटा मोटरसाइकलमा आगजनी गरेका छन् ।
भारतको आधापुरबाट मोटरसाइकलमा ग्यालेनमा राखी पेट्रोल ल्याएको भेटेपछि
मोर्चाका कार्यकर्ताले मोटरसाइकल चालकलाई कुटपिट गर्नुका साथै ना१०प २८२५
र लु१प ९५५० नं का दुईवटा मोटरसाइकल आगजनी गरेका हुन् । आगजनीबाट दुबै
मोटरसाइकल नष्ट भएको छ ।
सो घटनाका कारण अहिले भरत चोकमा सुरक्षाकर्मी र मोर्चाका कार्यकर्ताबीच
तनाव भइरहेको छ ।

प्रतिक्रिया