वीरगंज, २८ पुस÷
मधेश आन्दोलनको क्रममा शहीद भएको परिवारलाई र घाइतेहरूलाई आर्थिक सहयोग
बितरण गरेको छ ।
संस्थाको संयोजक डा. कृष्णचन्द्रप्रसाद साहको अगुवाइमा पर्सा जिल्लाको
शहीद परिवार र घाइतेलाई आर्थिक मदत गर्नुको साथै जीवनयापन गर्नको लागि
सहयोग गर्न प्रतिबद्धतासमेत गरेको छ ।
शहीद सोहन साहको श्रीमतीलाई ११००० नगद प्रदान, साथै होलीभन्दा अगाडी
पसलको लागि फ्रिज, घाइते उपेन्द्र यादवलाई २००० औषधि उपचारको लागि आर्थिक
सहयोग प्रदान, शहीद दिलिप चौरसियाको बुबालाई उपचार गराउने प्रतिबद्धता,
शहीद शत्रुघ्न पटेलको आमाको जीवनयापन गर्न २०,००० भैसी खरिद गर्न नगद
प्रदान त्यस्तै शहीद दिनानाथ साहको छोराको लागि छठीयारमा उठेको रकममा थप
१६००० नपुग रकम थपेर रू एक लाख बनाइएको छ । साथै घाइते मुन्सी पटेलको थप
उपचारको लागि बाहिर लाने योजना बनाइएको छ । त्यस्तै हिजो बितरण गरेको र
प्रदान गरेको सहयोगबारे आज मकालु होटेलमा वीरगंजका बिभिन्न ब्यक्ति
पत्रकार र सहयोगीको उपस्थितिमा भावी कार्ययोजना वारे छलफल गरेको छ ।
बैठकमा डा. जगदीश अग्रवाल, डा. रवीन्द्र सिंह, डा. चित्रंजन साह, पूर्व
एसपी हनुमान साह, पत्रकार आरके पटेल, रितेश त्रिपाठी, सहयोगी प्रकाश
चौधरी स्वास्थ्यकर्मी जयमोद ठाकुर को उपस्थिति थियो ।

प्रतिक्रिया