संजय तिवारी
बारा जिल्ला कलैया नगरपालिका बडा नम्बर ६ का ६५ वर्षीय रणबिर साह सोनार
राजनीतिमा चासो राख्ने व्यक्ति होइनन् । तर, मधेशमा विगतका ५ महिनादेखि
भइरहेको आन्दोलनले उनलाई एक जागरुक मधेशी नेपाली नागरिक बनाएको छ । सधैं
बिहान ७ बजे कलैयाको शहिदचौक (भरत चौक) स्थित पत्रिका पसलमा देशको
राजनैतिक समस्याको समाधानका सकारात्मक संदेशको अपेक्षा सहित समाचार पढन
आइपुग्ने उनी सधैंझै निराश भएर फर्कन्छन् ।
काठमाण्डूमा मधेशले के पाउदै छ ? र के गुमाउदै छ ? भन्ने बिषयमा जान्न
आतुर रहने सोनार सत्तापक्षको रवैयाका कारण दुखि भएर फर्किदा पनि सधै
अर्को बिहान त्यहि आशाामा पत्रिका पसलमा उपस्थित हुनेगरेका छन् ।
झण्डै ३६÷४६÷६१–६२ देखि मधेश आन्दोलन समेत अनुभव गर्न पाएका उनी अहिलेको
५ महिनासम्मको आन्दोलन सरकारले नैे लम्ब्याएर मधेशी नागरीकहरुलाई थकाउन
खोजेको शंका व्यक्त गर्दै आन्दोलनले जति दुःख भोग्नुपरे पनि पछि हट्न
नहुने तर्क समेत गर्छन् ।
पत्रिकाका पन्नाहरु पल्टाउँदै जाँदा विभिन्न पार्टीका बडबोला
नेताज्युहरुको बोलीले उललाई झनै पीडित बनाएको छ । बार्ता र सम्वाद
सकारात्मक दिशामा बढ्दै गर्दा चर्चित भईहाल्ने उखान टुक्का र अधिकार
माग्दा दिईने बिखण्डनवादिको संज्ञाले सोनारलाई झन पिरोलेको छ । एक आम
नागरीकझै त्यस्ता बोलिमाथि लगाम लगाउनुपर्ने उनको माग छ ।
सोनारलाई जति पिडा नेताहरुको बोलि र संज्ञाबाट छ त्यो भन्दा बढि अधिकार
बिनानै दुनियाबाट बिदाहुने अभाग्यताबाट छ । 'अब त बुझाता अधिकार पवले
बिना उपर चलजाएल जाई' आफ्नै उमेर जतिकासंग कुरा गर्दैगर्दा उनले भनेर्,
सरकार आसानिसे देवेवाला नईखे, संघर्ष लामा जाई बुझाता ।'
मधेशका घुर (आगो ताप्ने ठाउं) देखि घाट (आर्यघाट) सम्म मधेशवाद पसेको छ ।
नर्सरि कक्षाका बच्चा देखि परलोक जान तत्पर उमेरका बृद्धसम्र्म जय मधेश'
को नारा लगाईरहेका छन । रणबिर साह सोनार जस्ता बृद्ध अधिकार सहितको
आन्दोलन समाप्तिको प्रतिक्षामा पत्रिका पसलहरुमा धाईरहेका छन ।
अधिकारका लागि मधेशमा भईरहेको आन्दोलन पाच महिना पार गर्न लाग्यो ।
सरकारी र अन्य पक्षबाट गरी पचास जना भन्दा बढिको ज्यान गईसकेको छ । सयौं
अंगभंग छन । आन्दोलनले कहिले निकास पाउने हो त्यसको कुनै ठेकान छैन ।
एकातर्फ आन्दोलन र नाकाबन्दि अर्कातर्फ सरकारी पक्षपातमा परेका मधेशि
नागरीक अहिले दोहोरो चेपुवामा छन ।
देशका आधा जनता सडकमा उत्रेर बाकि आधा नागरीकझै बराबर अधिकार माग्दा
शक्तिशालि रहेका परम्परागत राजनितिक सत्ताधारीहरुले निकास दिन तत्परता
देखाएका छैनन् ।
सयौं वर्षदेखि उत्पिडन र चेपुवामा रहेका मधेशि, थारु, आदिवासी, जनजाति,
दलितहरुले राज्यमा आफ्नो पहुच र समान सहभागिता खोज्नु नेपालको भविष्यलाई
नया दिशामा अगाडि बढाउन उत्प्रेरित गर्नु सरह हो । त्योे नयां दिशा
सकारात्मक हुन्छ कि नकारात्मक त्यो अलग बिषय हो ।
यसरी अधिकारका निम्ति संघर्षरत नागरीकलाई सरकारले आफ्नोपनको प्रत्याभुति
दिनाउन नसक्दा जनतामा बितृष्णा बढ्दै जाने संकेतहरु देखिन थालिएको छ ।
सरकारले देशका सबै नागरीकहरुलाई साझा व्यवहार गर्न सक्दैन भने त्यहां
अलगाववादले जरो गाड्छ । मधेशि जनता नेपालमै रहेर मधेशि हुन चाहन्छन ।
देशका परम्परागत राजनितिक सत्ताधारीहरु अधिकार प्रत्यायोजन सहित मधेशको
समस्था समाधान गर्न अगाडि बढ्दैनन् भने जनता आफ्नो बाटो अलगधारमा काट्छन
भन्ने उदहारण बिश्वका कयौं देशहरुमा देखिएको छ ।

प्रतिक्रिया