लिबिया, पुस २४ । लिबियाको पश्चिमी शहर जिल्टेनमा विस्फोटका कारण ६५
जनाको मृत्यु भएको छ भने अन्य दुईसयजना भन्दा बढी घाइते भएका छन् ।
अधिकारीहरुका अनुसार प्रहरी प्रशिक्षण केन्द्र नजिकै विस्फोट भएको हो ।
विस्फोटमा मृत्यु हुनेहरुमा अधिकांश प्रहरी रहेको जनाइएको छ । घाइते
हुनेमा केही आम नागरिक पनि छन् ।
शहरका मेयर मिफताह हमादीका अनुसार राजधानी त्रिपोली र मिस्राटा
बन्दरगाहबीचको तटीय शहरको प्रहरी प्रशिक्षण केन्द्रमा प्रहरी तैनाथ
गरिएको थियो । सोही प्रशिक्षण केन्द्र नजिकै एउटा ट्रकमा विस्फोट भएको
उनले बताए ।
प्रत्यक्षदर्शीका अनुसार मृत्यु हुनेमा केही आम नागरिक पनि छन् ।
घाइतेमध्ये केहीको अवस्था निकै गम्भीर रहेको जनाइएको छ । घाइतेहरुलाई
जिल्टान र त्रिपोलीका अस्पतालमा लगिएको छ । (एजेन्सी)

प्रतिक्रिया