विराटनगर, माघ ८ । मोरङको रंगेलीमा हिजो प्रहरीको गोली लागेर दुई
महिलासहित तीन जनाको मृत्यु भएपछि लगाइएको कर्फ्यु आज बिहानबाट हटाइएको छ
।
स्थिति सामान्य बन्दै गएपछि कर्फ्यु हटाइएको स्थानीय प्रशासनले जनाएको छ
। अहिले रंगेली लगायत अन्य स्थानमा स्थिति सामान्य रहेको हाम्रा
संवाददाताले जनाएका छन् ।
नेकपा एमालेको भ्रातृ संगठन युवा संघले संविधान जागरणसभा आयोजना गरेकोमा
त्यसलाई विथोल्न गएका मोर्चा कार्यकतालाई रोक्ने क्रममा हिजो झडप भएपछि
प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको थियो । मृत्यु
हुनेहरुमा रंगेली ४ घर भएकी ५८ वर्षीया द्रौपदीदेवी चौधरी, स्थानीय शिवु
माझी र बरडंगा २ का ऋषिदेव रहेका छन् ।
रंगेलीको नेपाल बैंक अगाडि युवा संघले कार्यक्रम गरिहेको बेला अपरान्ह ३
बजेतिर मधेसी मोर्चाका कार्यकर्ताहरु लाठी र भाटासहित कार्यक्रम स्थलमा
प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो । भीड निकै बढेपछि प्रहरीले
नियन्त्रण गर्न ५० राउण्ड गोली चलाएको थियो ।
थप हिंसात्मक घटना हुन नदिन स्थानीय प्रशासनले साँझदेखि रंगेली क्षेत्रमा
अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।
युवा संघले प्रधानमन्त्री केपी ओलीलाई प्रमुख अतिथि बनाएर कार्यक्रम
गर्ने घोषणा गरेपछि मधेसी मोर्चाले बुधबारदेखि नै कार्यक्रम बिथोल्ने
घोषणा गरेको थियो ।

प्रतिक्रिया