काठमाडौं, माघ ९ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा नेवि
संघका पूर्व सभापति केशव सिहंले तराई–मधेसका जनता नयाँ संविधानप्रति
असन्तुष्ट नरहेको बताएका छन ।
उनले तराईका जनता वाहिर हल्लामा आएजस्तो संविधानप्रति असन्तुष्ट नरहेको
स्पष्ट पारे । हालै कपिलबस्तुल, दाङ, रुपन्देहीलगायतका जिल्लाहरुको भ्रमण
सकेर डडेल्धुरा पुगेका सिहंले हामीसँगको कुराकानीका क्रममा तराईका जनता
सरकारसँग आक्रोशित छन तर संविधानप्रति नरहेको बताए ।
तराईका जनताले आन्दोलनका कारण विद्यालय बन्द भएको, रोजीरोटीमा समस्या
परेकोप्रति गुनासो गर्दै यो सबै समस्याको निकास कांग्रेसको नेतृत्वले
गर्नुपर्ने सुझाव आफूले पाएको बताए ।
शिर्ष तहमा निहीत स्वार्थका कारण तराईका जनताले दुःख पाइरहेको, मधेसीले
गोली खानुपरिरहेको, घरमा आगजनी गर्ने गरेको घटनाले सर्वसाधारणहरु
सरकारप्रति रुष्ट बनेको सिहंले जानकारी गराए ।
उनले तराईको समस्या समाधानका लागि कांग्रेसले अग्रसरता लिन
कार्यकर्ताहरुले सुझाव दिएको सुनाए । 'तराईका सामान्य नागरिकमा
कांग्रेसप्रति विश्वास छ र संविधान अग्रगामी भएको जनमत मैले स्थलगत
भ्रमणका क्रममा पाएको छु,' उनले भने–'कांग्रेसप्रति तराईबासीको मोहभंग
भएको भन्ने हल्ला सरासर गलत छ ।'

प्रतिक्रिया