रौतहट, पुस २४ । रौतहटमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु
भएको छ भने ७ जना घाईते भएका छन् ।
पुर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर–निजगढ सडक खण्डको धन्सार
जङ्गलक्षेत्रमा रोकिराखेको ट्रकमा एक यात्रुवाहक बसले ठक्कर दिदा रामेछाप
निवासी २९ बर्षीय मीना तामाङ्गको मृत्यु भएको हो । विराटनगरबाट काठमाडौं
जाँदै गरेको ना५ख २७२ नम्बरको अग्नि बसले चन्द्रनिगाहपुरबाट ११ किलोमिटर
पश्चिमतर्फको जङ्गलक्षेत्रमा ना४ख १०५९ नम्बरको ट्रकलाई ठक्कर दिदा
दुर्घटना भएको हो ।
दुर्घटनामा बसमा सवार यात्रु रुपा मगर, गणेश खत्री, खडक बहादुर कार्की,
सुदिप कटुवाल, हरि बास्कोटा, गणेश पन्डित, मनिन्द्र पोखरेल घाईते भएको
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । घाईतेको
चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया