Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

नेपाली सवारीलाई रक्सौल प्रवेशको लागि पास अनिवार्य

SHARE: 520

माघ १०, वीरगञ्ज ।

बिना रोकटोक सीमावर्ती भारतीय बजारमा ओहोरदोहोर गर्दै आएका नेपाली सवारी
साधनले यही सोमबारदेखि 'प्रवेश अनुमति' लिएर मात्र जान पाउने छन् ।

नेपाल–भारतका २३ वटा व्यापारिक नाकामा यो नियम लागू गरिएको रक्सौल
कस्टमले जनाएको छ । भारत सरकारले नेपाली नम्बरका मोटरसाइकललगायतका सवारी
साधन एक दिन प्रवेश गर्दा पनि प्रवेश अनुमति अनिवार्य गरिदिएको छ ।

सुरक्षा दृष्टिकोण र सीमा आवागमनलाई व्यस्थित गर्नका लागि यो प्रावधान
लागू गरिएको रक्सौल कस्टमका अधिकारीले बताएका छन् । सीमा शुल्क विभाग
पटनाले गत डिसेम्बर २९ मा जारी गरेको पब्लिक नोटिस अन्तर्गत नियम लागू
गरिएको हो । रक्सौल कस्टमका एडिसनल कमिशनर कमलेश कुमारका अनुसार
सोमबारदेखि लागू हुने नयाँ नियम अन्तर्गत अस्थाई पास लिएका नेपाली सवारी
साधन ३ किमी भित्रसम्मको सीमावर्ती भारतीय बजारसम्म जान पाउँनेछन् ।
त्यही दिनदेखि सीमामा पास उपलब्ध गराइने उनले बताए ।

पास नलिई प्रवेश गरेको पाइएमा जरिवाना गरिने र सवारी जफत समेत गर्ने
सकिने भारतीय अधिकारीले बताएका छन् । थप अवधिका हकमा सवारी धनिले
वीरगन्जस्थित महावाणिज्य दूतावासबाट अनुमति लिनुपर्ने छ । नाकामा
सीसीटीभी मार्फत निगरानी समेत बढाइएको छ । छेटी भन्सार र ग्रामीण नाकाबाट
प्रवेश नगरी मूख्य नाकाबाटै सवारी लिएर प्रवेश गर्न उनले बताए ।

सीमावर्ती बजार, रेल्वे स्टेशनसम्म एक दिनका लागि नेपाली सवारी साधन लिएर
जान सकिन्छ । 'इन्ट्री प्वाइन्टबाट अस्थाई पास लिएका सवारी एक दिनका लागि
३ किलोमिटर भित्रसम्म जान पाउँछन्,' कमिश्नर कुमारले भने, 'थप अवधिका
लागि वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासबाट अनुमति लिनुपर्ने छ ।'
ग्रामीण नाकाहरुमा प्रवेश अनुमति उपलब्ध गराउने व्यवस्था नगरिएकाले
इन्ट्री प्वाइन्ट राखिएका नाकाहरुबाट मात्र प्रवेश गर्न उनले बताए ।
कस्टमका सूचना अधिकारी अभिषेक कमलका अनुसार एक दिने पास निशुल्क उपलब्ध
गराइने छ । 'फर्किदा इन्ट्री प्वाइन्टमा पास कर्मचारीलाई फिर्ता
गर्नुपर्ने छ,' उनले भने, 'भारत भित्रिएका सबै सवारीको कम्प्युटरमा
अभिलेख राखिने छ ।'

नेपाल प्रवेश गर्ने भारतीय सवारीको हकमा यो नियम पहिले देखिनै लागू
गरिएको छ । नेपाल प्रवेश गर्दा वीरगन्ज भन्सार कार्यालयमा इन्ट्री गराई
पास लिएर आउने गरेका छन् । एकदिनमै फर्किदा शुल्क नलाग्ने व्यवस्था
गरिएको छ । त्यसपछि सवारीको प्रकार अनुसार शुल्क निर्धारण गरिएको छ ।
नयाँ नियमसँगै किनमेलका लागि रक्सौल लगायत विहारका सीमावर्ती बजारमा
निर्भर रहँदै आएका नेपाली उपभोक्तालाई केही कठिनाई उत्पन्न हुने
सर्वसाधारण बताउँछन् ।

'यसैपनि मूख्य नाका सुचारु भएको बेला आवागमनमा अप्ठयारो हुँदै आएको
थियो,' रानीघाटका अरुण चौधरीले भने, इन्ट्रीको सिस्टमले कठिनाई थपिने भयो
।' मोटरसाइकल र कार, जीपमा किनमेलका लागि आउने नेपाली ग्राहक घट्ने भन्दै
रक्सौलका व्यवसायीले चिन्ता प्रकट गरेका छन् । रक्सौलका पसलमा घरायसी
सामान, लत्ता कपडा, भान्साका सामग्री खरिद गर्ने अधिकांश नेपाली उपभोक्ता
हुने गरेका छन् ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: नेपाली सवारीलाई रक्सौल प्रवेशको लागि पास अनिवार्य
नेपाली सवारीलाई रक्सौल प्रवेशको लागि पास अनिवार्य
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgy8L2hDlbM0ltEIKoo31homg7WgeD0NQV2p8_BzstXuEtZ6k7gcdTA3Q0-PIpDyL2wYgq12jExHHQqELrolo_R3h3ZycuCUy0J2a36imslUvH8Xyzrq0kBmtMljdkPc8EDA4__uovNSdav/s320/Birganj-Naka-713641.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgy8L2hDlbM0ltEIKoo31homg7WgeD0NQV2p8_BzstXuEtZ6k7gcdTA3Q0-PIpDyL2wYgq12jExHHQqELrolo_R3h3ZycuCUy0J2a36imslUvH8Xyzrq0kBmtMljdkPc8EDA4__uovNSdav/s72-c/Birganj-Naka-713641.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2016/01/blog-post_25.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2016/01/blog-post_25.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content