बारा, पुस २८ । बाराका होटल व्यवसायीहरूले बंगुरपालन व्यवसाय शुरू गरेका
छन । खेर फालिने खानेकुराको सदुपयोग गर्न भन्दै होटल व्यवसायीहरूले
बंगुरपालन व्यवसायसमेत शुरू गरेका हुन ।
होटलहरूमा सरकारी अनुगमनसंगै ग्राहकहरू सचेत हुंदा बासि खानेकुरा र
अखाद्य वस्तु खपत गर्न व्यवसायीहरूले बंगुर पालन व्यवसाय सञ्चालन गरेका
छन ।
बगुंर पालनसंगै आफूहरूको आम्दानीको स्रोत समेत बढेको व्यवसायीहरू
बताउंछन । बाराको अमलेखगन्ज, सिमरा, पथलैया, निजगढलगायतका स्थानका
होटलहरूमा बंगुरपालन गर्न थालिएको छ ।
पालिएका बंगुर मासुका लागी योग्य भएपछि तत्कालै बिक्री हुने गरेको र
यसबाट राम्रो आम्दानी गर्न सकिने व्यवसायीहरू बताउंछन । यहां उत्पादित
बंगुर हेटौंडा, वीरगंज र नारायणगढमा खपत हुने गरेको छ ।

प्रतिक्रिया