रौतहट, ७ माघ । संगठित रूपमा नै नक्कली नोट बनाउने र बजारमा ल्याउने
गिरोह पक्राउ गरेको छ । जाली नोट छापेर बजारमा वितरण गरेको आरोपमा
मेसिनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा माघ ३ गते भन्सार कार्यालय नजिकैबाट पक्राउ परेका
राम प्रवेश यादवसँग प्रहरीले १ हजारको एक थान नक्कली नोट बरामद गरेको
थियो । यादवको बयानका आधारमा गौर–५ का मनोजकुमार महतो पक्राउ परेपछि अन्य
चार कारोवारी पक्राउ परेको प्रहरीले जनाएको छ ।
अनुसन्धानकै क्रममा प्रहरीले गौर–७ गढवाका जुगल किशोर कुशवाहा, सखुअवा
धमौरा ३ का नारायण चौधरी, बारा जिल्ला जितौनाका अभय कुमार र रौतहट
बालचनपुरका ओसी महम्मदलाई पक्राउ गरेको छ ।
उनीहरूको साथबाट प्रहरीले हजारका ४४ थान र पाँच सयका ११ थान नक्कली नोट
बरामद गरेको प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बताए । पक्राउ परेको
गिरोहले संगठित रूपमै पाँच सय र एक हजार दरका नक्कली नोटहरू प्रिन्ट गरेर
बजारमा पठाउने गरेको पाइएको छ ।
उनीहरूले बनाएको नक्कली नोट प्राय भारतीय बजारमा खर्च गरेको भेटिएको छ ।
पक्राउ परेकामध्ये नारायण चौधरीले ओसी महम्मद र अभय कुमारको सहयोगमा आफनै
घरमा नोट छाप्ने गरेका थिए ।
यसरी तयार भएका नक्कली नोटलाई लागू औषधको कुलतमा फसेका युवाहरूको
माध्यमबाट उनीहरूले बजारमा पठाउने गरेका थिए । एकथान सक्कली नोटको सट्टा
चार थान नक्कली नोट साट्ने गरेको पाइएको छ ।
प्रहरीले केही मान्छे समाएको थाहा पाएपछि चौधरीले प्रिन्टर मेशिनलाई
सुटकेसमा हालेर आफ्नो घरभित्र गाडेका थिए । प्रहरीले उनको घरबाट मेशिन र
नोट छाप्न तयार पारेर राखिएका कागज समेत बरामद गरेको छ ।
बरामद भएका नोटहरूको आकार केही सानो, कागज पातलो छ भने गोप्य सुरक्षा
धागो छैन । यो गिरोहले भारतीय बजारबाट किनेर ल्याएको इनकजेट प्रिन्टरका
मद्दतले नक्कली पैसा छाप्ने गरेका थिए ।
आफूलाई ओशी महम्मद र अभय कुमारले रकमको लोभ देखाएपछि घरमै नक्कली नोट
छापेको पक्राउ परेका नारायण चौधरीले बताएका छन ।
छापिएका नक्कली नोटहरू, मुलत: जुवा खेल्नमा, ईटा भट्टाका मजदुरलाई दिन र
भारतीय बजारमा इनधन खरिद गर्न प्रयोग भएको प्रहरीको अनुमान छ । अझैपनि
केही मात्रामा नक्कली नोटहरू रौतहटका बजारमा हुन सक्ने प्रहरीको आशंका छ
। प्रहरीले दुई थान मोटरसाइकल समेत बरामद गरेको छ ।

प्रतिक्रिया