वीरगंज, १५ माघ/
वीरगन्ज कारागारभित्र रहेको समता स्कुलका बालबालिकाहरूको आज आँखा
परिक्षण गरिएको छ । वीरगन्जको पावरहाउस चोक नजिक रहेको दृष्टि आँखा
अस्पतालको सहयोगमा वीरगन्ज कारागाका कैदीबन्दीहरूका छोराछोरी अध्ययन
गर्ने विद्यालय समता स्कुलका विद्यार्थीहरूको आँखा परिक्षण गरिएको हो ।
कार्यक्रममा दृष्टि आँखा अस्पतालका प्रबन्ध निर्देशक डा.हरि शर्माको
टोलीले विद्यालयका १९ जना बालबालिकाहरूको आँखा परिक्षण गरेको थियो । आँखा
परिक्षणपछि स्कुलका ४ जना बालबालिकाको आँखामा इन्फेक्सन भएकोले उनीहरूले
चस्मा लगाउनुपर्ने दृष्टि विशेषज्ञ बषन्त शर्माले बताउनुभयो । उनीहरूलाई
दृष्टि आँखा अस्पतालबाट नि:शुल्क चस्मा पनि उपलब्ध गराईदिने उहाँले
बताउनुभयो ।
यसअघि आँखा परिक्षण कार्यक्रमको प्रमुख अतिथि वीरगन्ज उद्योग वाणिज्य
संघका कार्यवाहक अध्यक्ष ओमप्रकाश शर्माले मैनवत्ति बालेर उदघाटन
गर्नुभयो । उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले वीरगन्जमा
धनको कमी नभएको तर, दिने मनको कमी भएकोले सबैले असहाय बालबालिकाको लागि
सहयोग गर्नुपर्ने बताउनुभयो । त्यस्तै अतिथि दृष्टि आँखा अस्पतालका
अध्यक्ष विश्वराज गौतमले दृष्टि आँखा अस्पतालले पाँच बर्ष मुनीका
बालबालिकाको नि:शुल्क आँखा परिक्षण गरिरहेको जानकारी दिँदै
कैदीबन्दीहरूको बालबालिकाको आँखा परिक्षण गर्न पाउँदा अत्यन्त खुशी
लागेको बताउनुभयो । अस्पतालका प्रबन्ध निर्देशक डा.हरि शर्माले आफूले
सेवा गरेको २० बर्षको अनुभवमा कारागार भित्रको स्कुलका विद्यार्थीलाई
पहिलो पटक आँखा परिक्षण गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
स्कुलकी प्रधानाध्यापिका रविना खातुनको अध्यक्षतामा भएको कार्यक्रममा,
वरख गणका क्याप्टेन लेखनाथ लामिछाने, कारागार सुरक्षा प्रमुख प्रहरी नायव
निरीक्षक पुरूषोत्तम सुवेदी, संचारकर्मी शंकर आचार्य, विद्यार्थी नेता
दीलिपराज कार्की लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच आजै वीरगंन्जका दुईवटा विद्यालयले समता स्कुलका बालबालिकाहरूलाई
विभिन्न सामग्री सहयोग गरेका छन् । वीरगन्जको छप्कैयामा रहेको डिएभी आर
बि केडिया उच्च मावि र ज्ञाननिकेतन माविका विद्यार्थीहरूले समता स्कुलका
बालबालिकालाई कापी, कलम लगायत स्टेशनरी सामग्री तथा चाऊचाऊ, चकलेट
लगायतका खानेकुरा प्रदान गरेका हुन् । डिएभी आर बि केडिया विद्यालयकी
शिक्षिका विमला मण्डलको नेतृत्वमा रहेको विद्यार्थीहरूले खाजा खर्चको रकम
संकलन गरेर समता स्कुलका विद्यार्थीहरूलाई सहयोग गरेका हुन् ।
कार्यक्रममा ज्ञाननिकेतन माविका शिक्षक विनोद यादव, डिएभि आर बि केडिया
माविका चन्देश्वर प्रसाद लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया