रौतहट, २४ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा रौतहटको बैठक बिना
कुनै निर्णयको सम्पन्न भएको छ । जारी रहेको आन्दोलनको स्वरुप परिवर्तन
गर्ने उदेश्यले बसेको बैठक कुनै निष्कर्षमा नपुग्दै सम्पन्न भएको हो ।
किसानको समस्या, यातायात संचालन र बजार खुल्ला राख्ने कि बन्द गर्ने
भन्ने विषयमा छलफल गरि निर्णय गर्ने भनिए पनि बैठकबाट कुनै निर्णय नभएको
मोर्चाले जनाएको छ ।
मोर्चाको घटक दल संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामेश्वर
प्रसाद यादव केन्द्रीय कार्य समितिको बैठक जारी रहेको कारण केहि निर्णय
नलिएको बताए । केन्द्रले गरेको निर्णयको आधारमा जिल्लास्तरीय कार्यक्रममा
फेरबदल गर्न सकिने गरि बैठक सम्पन्न भएको मधेशी नेता रेवन्त झाले बताए ।
बस व्यवसायी, किसान, उद्योगी, व्यापारी, सर्वसाधारण व्यक्ति, यातायात
संचालनको साथै सरकारी कार्यालय संचालनमा आउन सक्ने भनि आशा लिए पनि
बैठकबाट ठोस निर्णय नहुँदा चिन्तित भएका छन् । पूर्व पश्चिम महेन्द्र
राजमार्गमा यातायात निर्वाध रुपमा संचालन रहेपनि गौरदेखि
चन्द्रनिगाहपुरसम्म सवारी साधन चल्न नसकेका कारण सर्वसाधारणहरुलाई ओहर
दोहर गर्नमा सास्ती भोग्नु परेको बाध्यता रहेका छन् ।
स्थानीय स्तरमा दिनहुँ संचालन हुने ठूलो सवारी साधन बन्द रहेको कारण
चर्को मुल्य तिरेर चन्द्रनिगाहपुर जानुपर्ने अवस्था रहेको सेवाग्राही
विनोद कुमारले बताए । बजार संचालनमा आएको हुँदा सवारी साधन पनि संचालन
गर्नको निमित बातावरण बनाई दिन आन्दोलनकारीहरुबाट आग्रह गरे ।
मोटरसाइकलबाट चन्द्रनिगाहपुर जाँदा प्रति व्यक्ति ५ सय रुपैयाँ तिर्नु
पर्ने बाध्यता रहेको छ । ८० रुपैयाँको साटो वर्तमान अवस्थामा यात्रुलाई
चर्को मुल्य तिर्नु परेको हो । विगत ५ महिनादेखि जारी रहेको मधेश
आन्दोलनका कारण जनजीवन कष्टकर भएको हो ।
सरकारी कार्यालय मालपोत, भूमि सुधार, नापी कार्यालयको कामकाज बन्द भएकोले
आर्थिक संकट उत्पन्न भएको हो । गरिब, ज्यालादारी गर्ने, मध्यम वर्गका
व्यक्तिको अति आवश्यक कार्य पनि प्रभावित भएको हो भने विवाहको कार्यमा
पनि नराम्रो प्रभाव परेको छ । विपन्न वर्गका व्यक्तिको दिनचर्या कठिन
रुपमा व्यतित भइरहेको दुखेसो पोखेका छन् ।
अधिकारको आन्दोलनको वास्ता दिँदै मोर्चाले गरिब, विपन्न, निमुख्खा,
असायको साथै अन्याय गरिरहेको आन्दोलनले पीडित भएका सर्वसाधारणहरुको भनाइ
रहेको छ ।

प्रतिक्रिया