१० माघ, पर्सा । संविधानमा संशोधन गरेपछि भारतले वीरगञ्ज नाका खोलिदिने
सरकारी अपेक्षा भए पनि आइतबार बिहानैदेखि वीरगञ्ज भन्सार नाकाको अवस्था
हेर्दा नाका खुल्ने खासै संकेत देखिएको छैन । वीरगञ्जमा आइतबार
बिहानैदेखि मधेसी मोर्चाका कार्यकर्ताले टायर बालेर प्रदर्शन गरेका छन्
भने नाकाको अवस्था विगतको जस्तै छ ।
'नाकामा बाँस तेस्र्याएर केही वस्तु राखिएको छ, त्यहाँ जाने कसैको आँट
छैन,' वीरगञ्ज भन्सारका एक कर्मचारीले अनलाइनखबरसँग भने,' यहाँ नाकामा
हिजो जस्तो अवस्था थियो, आज पनि त्यस्तै छ, बजारमा आन्दोनकारीले प्रदर्शन
गरिरहेको सुनिएको छ ।'
वीरगञ्जबाहेकका अन्य नाकाहरुको अवस्था विगतमा दिनमा पनि सामान्य हुँदै
गएको थियो । तर, वीरगञ्जको मुख्य नाका अहिलेसम्म ठप्प रहँदै आएको छ ।
संविधान संशोधनलगत्तै भारतले नाका खोलिदिने सरकारी अपेक्षा भए पनि
मोर्चाका कार्यकर्ताले झनै कडाइ गर्ने बताउँदै आइतबार बजारका केही
स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् ।
मधेस आन्दोलनको अर्को महत्वपूर्ण केन्द्र मानिने सप्तरीको राजविराजमा
शनिबारसम्म टायर बालेर प्रदर्शन भइरहेको थियो । आइतबार भने जाडो अचाक्ली
बढेकाले मानिसहरु बिहानभरि बाहिर निस्कन सकेका छैनन् । तर, मधेसको मागलाई
संविधान संशोधनले सम्बोधन नगरेको जिल्लस्तरीय नेताहरुको प्रक्रियाले
उनीहरु पुनः सडकमा उत्रने संकेत दिएको स्थानीय बताउँछन् ।
मोरङको रंगेलीमा भएको झडपमा कारण मधेसमा उत्पन्न तरंग सेलाउन नपाउँदै
संविधान संश्ाोधन प्रक्रियाले मधेसलाई थप उद्धेलित बनाएको छ । मधेसी
मोर्चाले संविधान संशोधनलाई नमान्ने बताएकाले फेरि पनि तराई मधेसमा
आन्दोलन मथ्थर नहुने अनुमान लगाइँदैछ ।
तर, संशोधनका भोलिपल्ट वीरगञ्जलाई छाडेर अन्यत्रको अवस्था गलभग
प्रतिक्रियाविहीन र अलमलमा रहेको जस्तो देखिएको छ ।

प्रतिक्रिया