वीरगंज, १३ पुस । तराई मधेस लोकतान्त्रिक पार्टीको ८ औं स्थापना दिवसको
अवसरमा बिबिध कार्यक्रम गरी मनाईएको छ । वीरगंज उपमहानगरपालिका खल्वाटोला
श्रीसिया स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको चौरमा बिभिन्न
प्रजातिका २५० वटा बिरूवाहरू वृक्षारोपन गरिएको छ । पार्टीको स्थापना
दिवसलाई संकल्प दिवसको रूपमा मनाउदै जारी मधेस आन्दोलनका शहिदहरूको
सम्मानमा सो कार्यक्रम गरिएको हो । विद्यालयका प्रधानाध्यापक राजबरी
प्रसाद गुप्ताको सभापतित्वमा सम्पन्न वृक्षारोपन कार्यक्रममा तराई मधेस
लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य एवं सांसद रमेश कुर्मी,
लोकतान्त्रिक शिक्षक युनियनका अध्यक्ष अतुललाललगायत विद्यालयका शिक्षक
शिक्षिका एवं बिद्यार्थीहरूको सहभागिता रहेको तमलोपाका जिल्ला सदस्य
राजनारायण मिश्राले बताए । यसैगरी तराई मधेस लोकतान्त्रिक पार्टीका
केन्द्रीय सदस्य एवं पर्सा जिल्ला अध्यक्ष पुरूषोत्तम झाको नेतृत्वमा
नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा गएको टोलीले अस्पतालका २५० जना
बिरामीहरू लाई फलफुल बितरण गरेको छ । सो टोलीमा तमलोपाका जिल्ला
उपाध्यक्ष जटाशंकर गुप्ता,युवा फ्रन्टका केन्द्रीय सह महासचिव देवाननद
यादव, तमलोपा पर्साका पुर्व अध्यक्ष रमतुल्लाह खान,तराई मधेस महिला संघकि
केन्द्रीय सदस्य रेखा कर्ण,पर्सा अध्यक्ष रेखा साह,बिद्यार्थी नेता
भरतभुषण पाण्डे,मनोज मिश्रा,गोबिन्द कुमार,राजन कर्ण,मधेस शान्ति खबरदारी
युवा समितिका अध्यक्ष खेदु प्रसाद जैस्वाल,नारायणी उपक्षेत्रीय अस्पताल
कर्मचारी युनियनका अध्यक्ष रामेश्वर कुर्मी लगायतको सहभागिता रहेको
तमलोपा पर्सा सचिव चन्दन मिश्राले बताए ।

प्रतिक्रिया