Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

नाकामा भारतीयबाट फेरि कुटिए मोर्चाका कार्यकर्ता

SHARE: 520

वीरगंज, ९ पुस । वीरगंज–रक्सौल नाकाको मितेरी पुलमा धर्ना दिएका मधेसी
दलका कार्यकर्तामाथि भारतीयहरूले फेरि आक्रमण गरेका छन ।
मितेरी पुलमा धर्नामा बसेका आन्दोलनकारी माथि बुधवार राति भारतीय तस्कर
र तीनका भरियाहरूले आक्रमण गरेका हुन ।
बुधवार राति आठ बजेतिर करिब सयजनाको संख्यमा हुलमा आएका भारतीय तस्कर र
तिनका भरियाहरूले धर्नारत आन्दोलनकारी कुटपिट गर्न खोज्दा दुवै पक्षबीच
झडप भएको थियो ।
झडपका कारण मितेरी पुल बुधवार रातभर तनावग्रस्त रह्यो । भारत रक्सौलबाट
सामानको तस्करी गर्ने तस्करहरूले मितेरी पुलमा नाका अवरूद्ध पार्न
राखिएको बा"सको ढाट हटाएर सामान भित्रयाउन खोजेपछि आन्दोलनकारीहरूले
प्रतिवाद गरेका थिए ।
त्यसको केहिबेरमै रक्सौल अहिरवा टोलबाट लठठ्ठी भाटासहित हुल बा"धेर आएका
तस्कर र भरियाहले धर्नामा बसेका आन्दोलनकारीहरू माथि आक्रमण्को प्रयास
गरेपछि झडप भएको धर्नास्थलमा रहेका नेपाल सदभावना पार्टी पर्साका सचिव
कृणा पटेलले बताए ।
तस्करहरूले रक्सौलबाट टा"गा, ठेला र रिक्सामा ल्याएको कपडा लगायतका
सामान आन्दोलनकारीले रोक्न खोज्दा तस्करहरू हुल बा"धेर लठठी भाटा बोकी
आन्दोलनकारीलाई कुटन आएको पटेलले बताए ।
'बुधवार राति धर्नामा १५–२० जनामात्रै बसेका थिया"ै', धर्नामा बसेका
पर्सा रामनगरीका बृद्ध विक्रम साह तेलीले भने, 'भारतीय तस्करहरूले
रक्सौलबाट ल्याएको सामान वीरगंज छिराउन एक्कासी बा"सको ढाट तोडफोड गर्दा
हामीले रोक्न खोज्यौ", त्यसपछि उनीहरू हुल बा"धेर हामीलाई कुट्न खोजे ।
आन्दोलनकारीलाई तस्करहरूले कुटने प्रयास गरेको खबर वीरगंजका एफएम
रेडियोबाट प्रशारण भएको सुनेर बुधवार राति नै गा"उगा"उबाट मधेसी मोर्चाका
कार्यकर्ता मितेरी पुलमा पुगेपछि तस्करहरू भागेको धर्नामा बसेका बाराका
ताहिर मन्सुरले बताए ।
आन्दोलनकारीले तस्करहरूलाई धपाएको दाबी गरेपनि बुधवार राति मितेरी पुल
नाकाबाटै ठूलो परिमाणमा तस्करीको सामान रिक्सा, टा"गा र ठेलामा राखेर
वीरगंज छिराउन तस्करहरू सफल भएका थिए ।
१४ वटा टा"गा, १० वटा ठेला र १० वटा रिक्सामा तस्करहरूले कपडा लगायतका
सामान नाकाबाट वीरगंज छिराएको धर्नास्थलमा बसेका एक आन्दोलनकारीले बताए ।
बुधवार राति मितेरीपुलको धर्नामा मधेसी दलका कोहि पनि स्थानीय नेता
बसेका थिएनन । बारा र पर्साको ग्रामीण भेगबाट आएका सर्वसधारण मात्र
धर्नामा बसेका थिए ।
तस्करहरूले आन्दोलनकारीमाथि आक्रमण गर्ने प्रयास गरेको खबर एफ एम
रेडियोहरूले निरन्तर प्रसारण गरेपनि बुधवार राति वीरगंजका आन्दोलनकारी
दलका कोही पनि नेता नआएको धर्नामा बसेका बाराका भीमा चौहानले गुनासो गरे

'बाराको कलैयाबाट पुर्वसभासद् प्रमोद गुप्तामात्रै आउनु भयो, तर
वीरगंजका कोहि पनि नेता आएनन', उनले भने, 'सबैजना एफएममा अन्तरावार्ता र
भाषण मात्र दिन जान्या छन, तर कार्यकर्ता कुटि"दा कोही आउ"दैनन ।'
मितेरी पुलमा धर्नामा बसेका आन्दोलनकारीहरू पटक पटक तस्कर र भारतीयहरूको
आक्रमण पर्दै आएका छन । गत मंसिर १६ गते राति र १७ गते बिहान पनि तस्कर र
भारतीयहरूले धर्नामा बसेका आन्दोलनकारी माथि आक्रमण गरेका थिए ।
मंसिर १६ गते राति भारतीय र तस्करहरूको आक्रमण्बाट पा"च जना आन्दोलनकारी
घाइते भएका थिए । मंसिर १७ गते बिहान पनि चार जना मधेसी दलका कार्यकर्ता
घाइते भएका थिए ।
मंसिर १६ गते बिहान भारतीयहरूले धर्ना स्थलमा आन्दोलनकारीहरूले टा"गेको
टेन्टमा पेट्रोल छर्केर आगो लगाउने प्रयास पनि गरेका थिए ।
मंसिर १६ गते राति भारतीयहरूले आन्दोलनकारीहरूले धर्ना स्थलमा टा"गेको
टेण्ट भत्काउनुका साथै धर्नास्थलबाट आन्दोलनकारीलाई लखेटेर वीरगंज तर्पm
अडकिएर बसेको एउटा भारतीय खाली ट्रक रक्सौल छिराएका थिए ।
वीरगंजको आन्दोलनमा प्रहरीको गोलीबाट भारतीय युवकको मृत्यु भएपछि
आक्रोशित भारतीयहरूले कात्तिक १७ गते पनि धर्नामा बसेका मधेसी दलका नेता
कार्यकर्ता लाई दुव्र्यवहार गर्दै हातपात गरेका थिए ।
नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य शीव पटेलले धर्ना स्थलमा
भारतीय नागरिकले नभइ तस्करहरूले पटक पकट आक्रमण गर्ने गरेको बताए ।
'नाकाबन्दीका कारण तस्करी गर्न नपाएकाहरूले नै आन्दोलनकारीमाथि आक्रमण
गरेका हुन', बुधवार बिहान मितेरी पुलमा भेटिएका पटेलले भनेका थिए,
'तस्करहरूलाई नेपालका प्रहरीले पनि संरक्षण दिइरहेका छन ।'
पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले आन्दोलनकारीहरू दशगजामा
धर्ना बसेकाले त्यहा" आफुहरूले केही गर्न नसक्ने बताए ।
'आन्दोलनकारीलाई सुरक्षा दिने हाम्रो दायित्व त हो', उनले भने, 'तर
उनीहरू नो म्यान्स ल्याण्डमा बसेका छन, त्यहा" हामीले केही गर्न सक्दैनौ"
।'
यदि कसैले नेपाली कुटिएको उजुरी दियो भने नेपाल प्रहरी कारबाईको प्रकृया
बढाउन तयार रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
संविधान निर्माण र सीमांकनको विरोधमा साउन ३० गतेदेखि नै आन्दोलनरत
मधेसी दलले वीरगंज–रक्सौल नाकाको मितेरी पुलमा असोज ७ गते देखि धर्ना
दिएर नाका ठप्प पार्दै आएका छन ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: नाकामा भारतीयबाट फेरि कुटिए मोर्चाका कार्यकर्ता
नाकामा भारतीयबाट फेरि कुटिए मोर्चाका कार्यकर्ता
Brahmastr Daily
https://www.brahmastra.com.np/2015/12/blog-post_993.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2015/12/blog-post_993.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content