वीरगंज, १४ पुस । संघीय समावेशी मधेशी गठबन्धनको केन्द्रिय कार्यक्रम
अनुरुप मंगलबार वीरगंजमा सर्वपक्षीय अन्तरक्रिया सम्पन्न भएको छ ।
गठबन्धनद्धारा मधेश व्यापी महागठबन्धन निर्माण अभियान अन्तर्गत वीरगंज
स्थित कुमु प्यालेस होटलमा मधेश आन्दोलन, आन्दोलनरत मोर्चा र दलहरु बीच
कार्यगत एकता र महागठबन्धन बारे वृहत सर्वपक्षीय अन्तरक्रिया सम्पन्न
भएको हो ।
अन्तरक्रियामा सहभागी सरोकारवालाहरुले जारी मधेश आन्दोलनको लक्ष्य
प्राप्तिका निम्ति मधेशमा संघर्षरत मोर्चाहरु तथा दलहरु कार्यगत एकता गरी
अग्रसर हुनुपर्ने सुझाव दिएका छन् ।
अन्तरक्रियामा धारणा व्यक्त गर्ने अधिकांश सरोकारवालाहरुले जारी मधेश
आन्दोलनको १३९ दिन पुगि सकेको छ भने सिमा नाकाबन्दी ९९ दिन पुगि सक्दा
पनि तराई मधेशका जनताले सडकबाट अभिव्यक्त गरेको अधिकार सुनिश्चितताको माग
प्रति राज्य गम्भिर नदेखिएकोले आन्दोलनरत मोर्चा र गठबन्धन लगायतका दल
एवं पक्ष कार्यगत एकता गरी एक ढिक्का भएर अगाडि नबढे सम्म लक्ष्य प्राप्त
नहुने बताएका छन् ।
उनीहरुले जिल्लामा मात्र नभई केन्द्रिय तहबाट नै कार्यगत एकता गरी
मधेशका सम्पूर्ण जिल्लाहरुमा समेत सोहि बमोजिम कार्यगत एकता गरेर जारी
आन्दोलनलाई सशक्त र परिणामुखि बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । साथै
कार्यगत एकता नभएको कारण मधेशका कतिपय जिल्लाहरुमा आन्दोलन फितलो देखिएको
प्रति समेत आन्दोलन पक्षलाई उनीहरुले सचेत गराएका छन् ।
गठबन्धन पर्साका संयोजक सरिफ अहमदको सभापतित्वमा आयोजित अन्तरक्रियामा
गठबन्धनमा आबद्ध दलका नेताहरु शिव पटेल, म. कदम रसुल, राजकुमार यादव,
किशोरी यादव, इश्वर यादव, ओम प्रकाश सर्राफ, अनिरुद्ध सिंह, मनोज कर्ण,
अजय मिश्रा, अनिल गुप्ता, कपिल देव तिवारी, रोशन पटेल, धन्जिव मिश्रा,
धर्मेन्द्र पटेल, पप्पु पटेल, नुर आलम, प्रमोद सिंह, सुजित त्रिपाठी,
कृष्णा पटेल लगायत अधिवक्ता पन्नलाल गुप्ता, व्यवसायी राम रतन सर्राफ,
शिक्षाविद् रामसुन्दर चौधरी, पत्रकार संतोष पटेल लगायतको सहभागिता रहेको
थियो ।

प्रतिक्रिया