वीरगंज, ५ रौतहट ।
रौतहटको चन्द्रपुर नगरपालीका ८ स्थित पूर्वपश्चिम राजमार्गको पौराई
जंगलमा एक यात्रिबाहक बसमा आगजनी भएको छ । आगजनीको कारण खुलेको छैन ।
बसका यात्रि र चालक सम्पर्कमा नआएकाले आगजनीको कारण र घटना वारे खुल्न
नसकेको प्रहरीले जनाएको छ । काठमाडौं – झापा चल्ने ना ४ ख ५१० नम्बरको
मितेरी यातायात बसमा बिहान आगो लागेको हो । आगजनीबाट बस पुर्णरूपले क्षती
भएको छ ।
राजधानीबाट पूर्व गइरहेको यात्रिबसमा आगो लागेको सुचना पाएपछि इलाका
प्रहरी चन्द्रपुरका डिएसपी मनोजकुमार यादब सहितको टोली घट्नास्थल पुगेको
थियो । घटनामा यात्रि र बसका चालक कोही पनि फेला नपरेकाले घटना रहस्यमय
भएको डिएसपी यादवको भनाई छ । बस कर्मचारीको बदमासी हुन सक्ने प्रहरीको
पुर्वानुमान छ । सो बस चितवनको आपटारीमा राती साढे १० बजे ईन्ट्रि भई
पूर्व गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया