वीरगंज, १४ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले आज प्रेस
विज्ञप्ति जारी गरी मधेशी जनताको हक अधिकारको माग राखि आन्दोलन गरिहेको
अवस्थामा सक्रिय रुपमा आन्दोलनमा रहेका मोर्चाका कार्यकर्ताहरुलाई साजिस
गरि हत्या जस्तो मुदामा फसाएको प्रति आपत्ति प्रकट गरेको छ ।
संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादव, तराई मधेश
लोकतान्त्रिक पार्टिका पर्सा अध्यक्ष पुरुषोतम झा, सदभावना पार्टिका
पर्सा अध्यक्ष इमदात गद्दि, तराई मधेश सदभावना पार्टिका पर्सा अध्यक्ष
प्रेम चन्द्र कुशवाहाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ – मधेश बन्दको
बेला ड्राईपोर्ट सडक खण्डमा वीगंज उपमहानगरपालिका २६ सबैठवाका दिनेश
प्रसाद कुशवाहाको मोटरसाइकल दुर्गटनामा परि मृत्यु भएको थियो । घटनाको
बेला वर्तमान पर्साका प्रहरी उपरिक्षक राजाबाबु श्रेष्ठले घटना हत्या
भन्न मिल्दैन दुर्घटना जस्तो लाग्छ भनि बताईसकेको अवस्थामा अहिले एमालेको
निर्देशनमा प्रहरीले निहाथा मधेसी जनताहरुलाई फसाउन खोजेको प्रष्ट
देखिन्छ । यति मात्र नभई दुर्घटनास्थलका स्वयम प्रत्यक्षदर्शिहरुले समेत
प्रष्ट रुपमा दुर्घटना भएको बताईसकेका छन् । तर प्रशासनले स्थानिय २
नम्बर क्षेत्रका सांसद र प्रधानमन्त्रीको निर्देशनमा यस दुर्घटनालाई
ज्यान मुदामा फासाउन खोजेको प्रति मोर्चाको ध्यानाकर्षन भएको हो । संघिय
समाजवादी फोरम नेपालका क्षेत्रिय सदस्य अमर यादव, जेसि यादव, मोरिक यादव,
विनोद पटेल, वीरसिंह यादव, नरेश यादव गरि ६ जना सर्वसधारणलाई हत्या जस्तो
जघन्य अपराधमा प्रधानमन्त्रीको निर्देशनमा फसाएको हो । दुर्घटनास्थलका
प्रत्यक्षदर्शि तथा स्थानिय अगुवाहरुले अदालतमा समेत उपस्थित भई प्रष्ट
रुपमा व्यान दिएपनि मुदालाई बङ्गयाएर फसाएको प्रति संयुक्त लोकतान्त्रिक
मधेशी मोर्चा पक्राउ परेकाहरुलाई विना सर्त अविलम्ब रिहा गर्न प्रहरीसंग
अपिल गर्दछ । मधेसी जनताको जायज मागका लागि भईरहेको आन्दोलन तुहाउन एमाले
सरकारले गरिरहेको घृनित राजनितिकको मोर्चा निन्दा समेत गर्दछ । यसअघिपनि
विभिन्न मुदामा प्रसाशनले आन्दोलन तुहाउनलाई सर्वसधारणलाई विना वजह
फसाउने काम गर्दै आएकाले पक्राऊ परेकाहरुलाई अविलम्ब रिहा गर्न मोर्चा
जोडदार माग गर्दछ । यदि निर्दोस निहथा जनतालाई नछोडे यस्तो घिनलाग्दो
कार्यको समेत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलन थाल्ने
मोर्चाका जनपरिचालन समितिका संयोजक एवम् संघिय समाजवादी फोरम नेपालका
जिल्ला अध्यक्ष प्रदिप यादवले बताए । उनले आन्दोलनको ४ महिना भन्दा बढी
भयो सरकारले सुन्वाई गरेका छैनन् तर विभिन्न बहानामा निर्दोष नागरिकलाई
फासाउने काम गर्दै आएको छ । यस प्रकारको कार्य आन्दोलन तुहाउन एमाले
सरकारको निर्देषनमा भईरहेको उनले बताए ।

प्रतिक्रिया