बीरगंज २४ मंसिर । रेडियो वीरगंज ९९ मेघाहर्जले विभिन्न आरोह अवरोह पार
गर्दै १३ औं बार्षिक उत्सवको अवसरमा यसबर्ष रक्तदान कार्यक्रमको मात्रै
आयोजना गर्ने भएको छ ।
रेडियो परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा रेडियो वीरगंजका कार्यकारी
अध्यक्ष ध्रुव साहले आगामी मंसिर २६ गते शनिवार विहान ७ः३० बजे देखि
रेडियो प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना हुन गई रहेको र सो रक्तदान
कार्यक्रममा समस्त श्रोता, विज्ञापनदाता, शुभेच्छुक, नगरवासी,
बुद्धिजीवी, समाजसेवी, युवा विद्यार्थी, संचारकर्मीलाई सहभागि भई रक्तदान
गरेर सहयोग गर्नका लागि आह्वान गर्नु भएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष
साहले सुचना, संगीत, मनोरन्जनका साथै सामाजिक उत्तर दायित्व बहन गर्दै
रेडियो वीरगंज सदासर्वदा मध्यतराईकै अग्रणी रेडियोको रुपमा अगाडी बढी
रहेको बताउदै विगतका बर्षहरुमा साता व्यापी कार्यक्रमको आयोजना गरी
बार्षिक उत्सव भव्य रुपमा मनाउदै आएकोमा यसपटक साता व्यापी कार्यक्रम
गर्न असमर्थ भएको जानकारी दिनुभयो ।
उहांले लगातार चार महिना देखि जारी मधेश आन्दोलन, धर्ना र नाकाबन्दी
जस्ता गतिविधिले यस क्षेत्रको जनजीवन नराम्रो संग प्रभावित भएको र अझै
आन्दोलन जारी रहेको अवस्थामा उत्सवको रुपमा बार्षिक उत्सवलाई मनाउन
नसकिएको बताउनु भयो ।
पत्रकार सम्मेलनमा धु्रव अधिकारी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया