वीरगंज,मंसिर २९
जारी मधेस आन्दोलनको क्रममा वीरगंज उपमहानगरपालिका वडा नं. २७ स्थित
अलौंमा रहेको सुख्खा बन्दरगाह अगाडी धर्ना दिईरहेका ११ जना
आन्दोलनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ । मधेसी मोर्चा र गठबन्धनका
नेताहरुलाई राती १ः ३० बजे पक्राउ गरी आज बिहान ९ बजे रिहा गरेको छ ।
स्थानिय मधेसी बुद्धिजिवीहरुको पहलमा संघिय समावेसी मधेसी गठबन्धन र
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले हिजो देखि सुख्खा बन्दरगाह
अगाडी धर्ना दिने एवं सम्पुर्ण कार्यहरु ठप्प गर्ने कार्यक्रम तय गरेको
थियो । पक्राउ पर्नेहरुमा गठबन्धन संग आवद्ध नेपाल सदभावना पार्टीका
केन्द्रिय सदस्य शिव पटेल,पर्सा सचिव कृष्णा पटेल,मोर्चासंग आवद्ध
सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी,तराई मधेस
लोकतान्त्रिक पार्टीका पर्सा उपाध्यक्ष जटाशंकर गुप्ता,पुर्व जिल्ला
अध्यक्ष रमतुल्लाह खान,धनई पटेल,राष्ट्रिय मधेस समाजवादी पार्टीका जहुर
आलम, स्थानिय बिजय पटेल,आनन्द चर्तुवेदी,मोती साह र बिनय सर्राफ रहेका
थिए । पक्राउ परेका नेता एवं कार्यकर्ताहरुलाई संघिय समावेसी मधेसी
मोर्चा पर्साका संयोजक सरीफ अहम्द र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका
पर्साका संयोजक पुरुषोत्तम झाको रोहवरमा जिल्ला प्रहरी कार्यालय पर्साले
रिहा गरेको नेता शिव पटेलले बताए ।

प्रतिक्रिया