रौतहट, ९ पुस । चन्द्रपुर नगरपालिका–१ बस्ने रिक्साचालक केदारप्रसाद
तिमल्सिनाले चन्द्रपुर नगरपालिकाको विभिन्न वडामा रहेका सामुदायिक
विद्यालयमा अध्ययनरत गरिब तथा टुहुरा बालबालिकालाई न्यानो कपडा वितरण
गरेका छन् ।
सामान्य रिक्साचालक रहेका उनी आफ्नो पेसास"गै सामाजिक सेवामा सक्रिय
रहेका छन् । सामाजिक सञ्जाल फेसबुक चलाएर चिसोको समयमा न्यानो कपडा सहयोग
गर्न अपिल गर्दै आएका उनले यो वर्ष पनि यहा"का विभिन्न विद्यालयमा
अध्ययनरत बालबालिकालाई स्वेटर, टोपी, पाइन्ट र सर्ट वितरण गरेका छन् ।
उनले हालै मात्र चन्द्रपुर नगरपालिका–८ स्थित श्री उच्चमावि जुडिवेलामा
अध्ययनरत २७ जना टुहुरा बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् ।
यसैगरी, उनकै पहलमा जिल्लाका तीनवटा सामुदायिक विद्यालयका लागि खाडी
मुलुक बहराइनस्थित लालीगुरा"स समाज सेवा तथा साउदी अरबस्थित ब्रदर्स अफ
नेपालको सहयोगमा न्यानो कपडा प्राप्त भएको थियो । तराईमा शीतलहरका कारण
विद्यालयमा अध्ययनरत बालबालिकामा निमोनिया हुने, टाउको दुख्नेजस्ता रोग
देखिएकाले न्यानो कपडा वितरण गरेको उनले बताए । उनले परोपकारी हातलाई
धन्यवाद दि"दै अन्य सङ्घसंस्थाबाट पनि सहयोगको अपेक्षा गरेको समेत बताए ।
उनका अनुसार लगातारको बन्दका कारण चितवन, काडमाडौ" लगायतका स्थानमा
न्यानो कपडा रहेको भएपनि यातायातको साधन तथा खर्चको अभावमा ल्याउन सकिएको
छैन ।

प्रतिक्रिया