झापा, मंसिर १६ । जिल्ला अदालत झापाले पत्रकार रेजिना रोदन र पत्रकार
महासङ्घ झापाका कार्यालय सचिव खेम बरालमाथि आक्रमणमा संलग्नलाई पाँच–पाँच
वर्ष कैदको फैसला गरेको छ ।
न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आक्रमणमा संलग्न अमन भनिने
अर्जुन सुब्बा र विनायक मानन्धरलाई पाँच–पाँच वर्षको कैद फैसला गरेको
अदालतका स्रेस्तेदार नवराज आचार्यले जानकारी दिए ।
पत्रकारद्वयमाथि आक्रमणमा संलग्न अनिस सुब्बालाई नाबालक रहेका कारण
बालबालिकासम्बन्धी ऐन, २०४८ कोे दफा ११ (३) अनुसार बाल सुधार केन्द्र
विराटनगरमा २ वर्ष ६ महिना राखेर कैद भुक्तान गर्नसमेत फैसला गरेको
स्रेस्तेदार आचार्यले बताए ।
विसं २०७१ कार्तिक २ गते विष्णुमाया गौतमको जाहेरीले जिल्ला अदालत झापामा
दर्ता भएको उक्त मुद्दाका अभियुक्तहरुले अर्जुनधारा दैनिकमा कार्यरत
पत्रकार रोदन र बराललाई कार्यालयको काम सम्पन्न गरेर घर फर्कने क्रममा
बीच बाटोमा आक्रमण गरेर घाइते बनाएका थिए । (रासस)

प्रतिक्रिया