Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

मधेसी मोर्चा र भारतीय भिड्दा मितेरी पुल रणमैदान

SHARE: 520

०७२ मङ्शिर १७ बिहीवार
वीरगन्ज : वीरगन्ज–रक्सौल नाकाको मितेरी पुलमा धर्ना बसी नाकाबन्दी गरेका
मधसी दलका नेता कार्यकर्ता र भारतीय नागरिकबीच बिहीबार बिहान पुनः झडप
भएको छ । झडपका क्रममा मधेसी दलका चार नेता कार्यकर्ता र दुई भारतीय
घाइते भएका छन् ।

भारतीयहरुको कुटाइबाट तमलोपाकी महिला नेतृ रेखा साह, तमलोपाका युवा नेता
रन्जन मिश्रा, संघीय समाजवादी फोरम नेपालका नेता मदन यादव र शत्रुधन यादव
घाइते भएका छन् ।

उनीहरुमध्ये मिश्राको टाउको फुटेको छ भने महिला नेतृ रेखा साहको दाहिने
हात भाँचिएको छ । घाइते सबैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार
गरिएको छ ।
बिहीबार बिहान सात बजेतिर मितेरी पुलको धर्नास्थलमा भारत रक्सौलको अहिरवा
टोल, प्रेम नगर र नागारोडका भारतीयहरुले आक्रमण गरेपछि दुवै पक्षबीच झडप
भएको हो ।

भारतीयहरुले धर्नास्थलमा आन्दोलनकारीहरुले टाँगेको टेन्टमा पेट्रोल
छर्केर आगो लगाउने प्रयास गर्दा मधेसी दलका कार्यकर्ताहरुले प्रतिवाद
गरेपछि झडप भएको सदभावना पार्टी पर्साका सचिव कृष्णा पटेलले बताए ।

झडप भएपछि मितेरी पुलको धर्ना स्थलबाट मधेसी दलका नेता कार्यकर्ताहरु
भागेका थिए । मितेरी पुुल अहिले पनि तनावग्रस्त छ । झडपपछि
आन्दोलनकारीहरुले मितेरी पुुलमा बाँसको ढाट राखेर सवारी आवागमन ठप्प
पारेका छन् ।

रक्सौलतर्फको भुभागमा भेला भएका भारतीयहरुले पनि नेपाली नम्बर प्लेटका
मोटरसाइकल रक्सौल तर्फ छिर्न दिएका छैनन् । मितेरी पुलमा दुवैतर्फ अवरोध
भएका कारण यात्रुहरु पैदल ओहोरदोहोर गरिरहेका छन् ।
मधेसी दलका नेता कार्यकर्ताहरुले मितेरी पुलमा नाराबाजी गर्दै प्रदर्शन
गरिरहेका छन् । यसअघि बुधबार राति पनि दशगजा क्षेत्रनजिकै रहेको भारत
रक्सौलको अहिरवा टोलका भारतीयहरुले धर्नामा बसेका आन्दोलनकारीमाथि आक्रमण
गरेका थिए ।

बुधबार राति भारतीयहरुको आक्रमणबाट धर्नामा बसेका मधेसी दलका पाँचजना
नेता कार्यकर्ता घाइते भएका थिए ।

घाइते पाँचैजनाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको
छ । बुधबार राति नौ बजेतिर रक्सौलको अहिरवा टोलबाट करिब एक सयजनाको
संख्यामा लठ्ठी र भाटा बोकेर आएका भारतीयहरुले मितेरी पुलमा धर्नामा
बसेका आन्दोलनकारीमाथि आक्रमण गरेका थिए ।
आन्दोलनकारीहरुले धर्नास्थलमा टाँगेको टेण्ट भत्काउनुका साथै भारतीयहरुले
धर्नास्थलबाट आन्दोलनकारीलाई लखेटेर वीरगन्जतर्फ अड्किएर बसेको एउटा
भारतीय खाली ट्रकलाई रक्सौल छिराएका थिए ।

यसअघि गत सोमबार बिहान पनि खाली भारतीय ट्रक रक्सौल छिराउन खोजेका भारतीय
चालक र आन्दोलनकारीबीच विवाद भएको थियो ।

गत सोमबार बिहान ६ बजेतिर धर्नामा बसेका आन्दोलनकारीहरु शौच गर्न गएका
बेला वीरगन्जमा रोकिएका भारतीय खाली ट्रकका चालकहरुले आफ्नो गाडी
भारततर्फ छिराउन खोजेपछि आन्दोलनकारीसँग विवाद भएको थियो ।
संविधान निर्माण र सीमांकनको विरोधमा मधेसी दलहरुले वीरगन्ज–रक्सौल
नाकाको मितेरी पुलमा गत असोज ७ गते देखि धर्ना दिएका हुन् ।

यसैबीच मितेरी पुलमा बिहीबार बिहान भारतीयहरुले आन्दोलनकारीमाथि आक्रमण
गरेको विरोधमा मधेसी दलका कार्यकर्ताहरुले वीरगन्ज बजार बन्द गराएका छन्


उनीहरुले नगरका विभिन्न चोकमा टायर बालेर प्रदर्शन पनि गरेका छन् । बजार
बन्द गराउँदै हिडेका प्रदर्शनकारी गरिब नाथलाई प्रहरीले नियन्त्रणमा
लिएको छ ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: मधेसी मोर्चा र भारतीय भिड्दा मितेरी पुल रणमैदान
मधेसी मोर्चा र भारतीय भिड्दा मितेरी पुल रणमैदान
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhkQ02XBeIrDIyZP_AeaRnWIzwt-9p-jXq8aw_WqtQ9UROwr6-YXj5xtpqa_foKCJhTZ80wWH3VXuWwBbOJCncOQDDlrGi9fL9nO-pTgtVfCeCMMHc_QD9yMwitLOtxDH9CAJkQYyYnOhw0/s320/Birgunj_raksau+Madhesi+morcha+and+indian+citizen+fight+5-730504.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhkQ02XBeIrDIyZP_AeaRnWIzwt-9p-jXq8aw_WqtQ9UROwr6-YXj5xtpqa_foKCJhTZ80wWH3VXuWwBbOJCncOQDDlrGi9fL9nO-pTgtVfCeCMMHc_QD9yMwitLOtxDH9CAJkQYyYnOhw0/s72-c/Birgunj_raksau+Madhesi+morcha+and+indian+citizen+fight+5-730504.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2015/12/blog-post_85.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2015/12/blog-post_85.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content