काठमाडौं , मंसिर २१ । सर्लाही क्षेत्र नम्बर १ का एमाओवादी सांसद
शम्भुलाल श्रेष्ठले,'ठूला दलहरुको लापरवाहीका कारण मधेसको सामाजिक सद्भाव
विग्रन थालेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रका सम्पूर्ण भूभागमा
आफू समेत जान नसकेको उनले बताए ।' ०६२- ०६३ को राजनीतिक परिवर्तनसंगै
मधेसमा रहेको सामाजिक सद्भावमा खलल् आएको छ , पहाडीया र मधेसी बीचको
सम्बन्धलाई पुरानै अवस्थामा पुर्याउन अब गाह्रो पर्ने उनले बताएका छन् ।'
'संविधान निर्माणमा कांग्रेस , एमाले र एमाओवादी सचेत नभएका कारण मधेस
आन्दोलन चर्किएको बताउदै, श्रेष्ठले भने - 'अन्तरिम संविधानमा उल्लेख
गरिएको समानुपातिक - समावेशीलाई नयाँ संविधानमा पूर्णरुपमा सुरक्षित
नगर्नु दलहरुको भूल भएको छ ।'
'मधेसका नागरिकले सम्मान खोजेका छन् । राज्यले सम्मान दिन सक्नु पर्छ ,
नागरिकताका विषयमा भने मधेसवादी दलका नेताहरुले भ्रम सिर्जना गरेको
सांसद श्रेष्ठले दावी गरेका छन् ।
सोमबार ईमेज एफएमसंग कुरा गर्दै उनले, 'भारतसंगको सहयोग माग्ने नयाँ
प्रचलन होईन । कांग्रेस , एमाले र एमाओवादी नेताहरुले गरेको काम मधेसी
नेताहरुले गरेकाले आश्चर्य मान्नु नपर्ने बताएका छन् ।'

प्रतिक्रिया