काठमाडौं— अवैध कार्यमा संलग्न भएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले
निजी क्षेत्रको टेलिकम्युनिकेसन कम्पनी एनसेललाई पाँच लाख रुपैयाँ
जरिवाना गरेको छ।
इन्टरनेट प्रयोग गरी व्यक्ति एवं संस्थाहरुलाई गैरकानुनी रुपमा 'बेस्ट
क्वालिटी भोइस सर्भिस' प्रदान गरेको भन्दै प्राधिकरणले एनसेललाई सो कार्य
बन्द गर्न निर्देशन समेत दिएको छ। प्राधिकरणको अनुगमनका क्रममा एनसेलले
विभिन्न व्यक्ति एवं संस्थालाई त्यस्तो सेवा दिइरहेको भेटिएपछि कारवाहीका
लागि पत्र पठाएको हो।
जिएसएम मोबाइल तथा इन्टरनेट–इमेलका लागि मात्र लाइसेन्स लिए पनि एनसेलले
गैरकानुनी रुपमा त्यस किसिमको भोओआईपी गर्दै आएको पाइएको प्राधिकरणका
प्रवक्ता मीनप्रसाद अर्यालले बताए।
'लाइसेन्स नलिई गैरकानुनी रुपमा सेवा सञ्चालन गरेको पाइएकाले ५ लाख
रुपैयाँ जरिवाना सहित त्यस्तो सेवा तत्काल बन्द गर्न पत्र पठाएका छौं',
अर्यालले नागरिकन्युजसँग भने, 'दूरसञ्चार प्राधिकरण ऐन २०५३ को दफा ४७ को
(२) उल्लंघन भएअनुसार कारवाही प्रक्रिया अघि बढाएका छौं।'
प्राधिकरणले पठाएको पत्रमा सेवा बन्दको जानकारी तत्काल गराउन समेत
निर्देशन दिइएको छ।

प्रतिक्रिया