काठमाडौं, मंसिर १७ । कैलालीको धनगढीमा जाली नोटसहित पक्राउ परेका चार
जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा कैलाली मसुरीया–३ मटकौनाका रामप्रसाद चौधरी, मुसरीया–४
बडैपुरका रमेश चौधरी, प्रतापपुर–५ हरदानीका गोविन्द चौधरी र टिकापुर
नगरपालिका–४ बागमाराका सुरेस चौधरी छन् ।
उनीहरुको साथबाट प्रहरीले नेपाली एक हजारका जाली नोट १ सय ३ थान बरामद
गरेको थियो । धनगढी उपमहानगरपालिका–७ बेली स्थित हुलाकी सडक खण्डमा गत
मंगलबार प्रहरी चेकिङका क्रममा उनीहरुसँग जाली नोट फेला परेको थियो ।
पक्राउ परेका चारैजनालाई खोटाचलन अन्तर्गत मुद्दा चलाइएले जिल्ला प्रहरी
कार्यालय कैलालीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिए ।

प्रतिक्रिया