वीरगंज,पुस १३,
जारी मधेस आन्दोलन पहाडि समुदाय बिरुद्ध नभई नेपाल सरकारले जारी गरेको
नेपालको संबिधान २०७२ र तिन दलको शिर्षनेताहरु बिरुद्ध भएको नेपाल
सदभावना पार्टीका अध्यक्ष एवं गठबन्धनका नेता अनिल कुमार झाले बताएका छन्
। मधेसी पत्रकार समाज पर्साले आज वीरगंजको होटल कुमु प्लेशमा गरेको
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष झाले सो आरोप लगाएका हुन । सम्मेलनमा
बोल्दै झाले मधेशी जनता अधिकार सम्पन्न नभए सम्म मधेस आन्दोलन नरोकिने र
आफुहरु पनि बिश्राम नलिने बताए । नेपाल सरकार आन्दोलनकारीहरुको माँग
प्रति जिम्मेवार नभएको आरोप लगाउदै झाले आन्दोलन ५ महिना पुग्नै लाग्दा
समेत सरकार आन्दोलनलाई वेवास्ता गरेको भन्दै अव पनि आन्दोलनलाई नजर
अन्दाज गरे गठबन्धन कडा निर्णय लिने र देश ठुलो दुर्घटनामा पर्न सक्ने
चेतावनी दिएका थिए । एक फरक प्रसंगमा अध्यक्ष झाले मधेस मुक्तिका लागि
गठबन्ध हरपल मोर्चा संग कार्यगत एकता गर्न तयार रहेको बताएका छन् । साथै
झाले सदभावना अध्यक्ष राजेन्द्र महतो माथि भएको आक्रमणको घोर भत्र्सना
समेत गरेका छन् । पत्रकार सम्मेलनमा नेपाल सदभावना पार्टीका केन्द्रिय
सदस्यहरु सुनिल रोहित,शिव पटेल,श्रीमन नारायण मिश्र,राजीव झा,अनिरुद्ध
सिंह, पप्पु पटेल,पर्सा जिल्ला प्रवक्ता सुजित त्रिपाठी,उपाध्यक्ष संतोष
साह,सचिवद्वव कृृष्णा प्रसाद कुर्मी,जादोलाल साह,महिला नेतृहरु मुनी
श्रीवास्तव,संगिता तिवारी,अनिता रौनियार ,संघिय समावेसी मधेसी युवा
गठबन्धन पर्साका संयोजक ईश्वर यादव,नेताहरु ओमप्रकास सर्राफ,धर्मेन्द्र
पटेल,धुरेन्द्र पटेल,अनिल गुप्ता लगायत सहभागिता रहेको थियो । सो
सम्मेलनको सहजीकरण मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेलले
गरेका थिए ।

प्रतिक्रिया