मंसिर १६, २०७२- सिरहास्थित पूर्व पश्चिम राजमार्गमा आज बिहान मानव
साङ्लो प्रदर्शन गरिएको छ । मधेसमा जारी आन्दोलनको समर्थनमा जिल्लाको
पूर्वी सीमाना बलान नदीदेखि पश्चिमी सीमाना कमला नदीसम्म ४५ किलोमिटर
सडकमा बिहान ८:३० बजेदेखि ९:३० बजेसम्म मानव साङ्लो प्रदर्शन गरिएको हो ।
सामुदायिक र संस्थागत विद्यालय, क्याम्पस, नर्सिङ क्याम्पसका विद्यार्थी,
शिक्षक, नागरिक समाज र संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता
मानव साङ्लोमा सहभागी थिए ।
मानव साङ्लोमा हत्या हिंसा बन्द गर, मानवअधिकारको ग्यारेन्टी गर, पढ्न
पाउने अधिकार सुनिश्चित गर, मधेसको अधिकार स्थापित गरलगायतका नारा
लेखिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
उक्त मानव साङ्लो मधेस आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुप्रति
श्रद्धाञ्जली सभाका साथै प्रार्थना सभामा परिणत भएको थियो । वार्ता र
संवादको माध्यमबाट समस्याको निकास खोज्न सरकारलाई दबाबस्वरुप मानव
साङ्गलो प्रदर्शन गरिएको बताइएको छ ।
http://bit.ly/1Rlo6Ay

प्रतिक्रिया