वीरगंज ५ पुस । वीरगंजको घण्टाघर चोकमा जम्मा भएका आन्दोलनकारीले
प्रहरीमाथि ढुंगा फ्या"केपछि प्रहरी र आन्दोलनकारी बीच झडप भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले वीरगञ्जमा
आन्दोलनलाई कडा पारेका छन । शनिवार प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि
अवस्था तनावग्रस्त बनेकोमा आइतवार मोर्चाका कार्यकर्ताले आन्दोलनलाई थप
कडाई गरेका छन । बिहानैदेखि आन्दोलनकारीहरूले बजार, उद्योग कलकारखाना,
यातायात बन्द गराएका छन भने तोडफोडमा समेत उत्रिएका छन ।
आन्दोलनकारीहरूले घण्टाघरमा केहि ट्याम्पो र मोटरसाइकलमा तोडफोड गरेका छन
। उनीहरूले ना १ ह ९३३ र ना १ ह ६६८ नम्बरको ट्याम्पोका साथै ना८च १८९०,
चा१६च ४४८६, ना १प ७७२८ नम्बरका मोटरसाइकल तोडफोड गरेका हुन ।
आन्दोलनकारी आक्रामक बनिरह"दा वीरगञ्ज क्षेत्रमा ठूलो संख्यामा सुरक्षा
परिचालन गरिएको सहकर्मी अमित अग्रवालले जनाएका छन । हाल बीरगञ्जमा
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी गठबन्धनसहित
विभिन्न संघ–संस्थाहरू सक्रिय रहेका छन । सद्भावना पार्टीका अध्यक्ष
राजेन्द्र महतो नाकामा त्यही धर्ना बसेका छन भने यता संघीय समावेशी मधेशी
गठबन्धनका शिव पटेलसहितका नेताहरू निकै सक्रिय भएका छन । बीरगञ्जमा
मुस्लिम गठबन्धन र मुस्लिम विकास मञ्चसहितका संस्थाहरू पनि सक्रियताका
साथ आन्दोलनमा लागेका छन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पुस ३
गतेदेखि आन्दोलनलाई जारी राख्ने र आन्दोलन थप चर्काउने निर्णय गरे पछि
उनीहरूले शनिवार बिहानदेखि वीरगंजका विभिन्न ठाउ"मा टायर बालेर प्रदर्शन
गरेका थिए र आज आईतवार पनि वीरगंजको नगवा, विर्ता, घन्टाघर, बसपार्क,
मुर्लीचोक, राधेमाई चोक, रानीघाटलगायत शहरका विभिन्न भागमा कार्यकर्ता
प्रदर्शनमा उत्रिएका छन भने टायर बालेर प्रर्दशन गरि रहेका छन ।
प्रदर्शनकारीले मोटरसाइकल, रिक्सा र ट्र्याक्टरसमेत चल्न दिएका छैनन ।
बन्दका समयमा कुनै अप्रिय घटना हुन नदिन अहिले वीरगंजमा व्यापक मात्रामा
सुरक्षाकर्मी परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी केशव
धिमिरेले बताएका छन ।
झडपमा संलग्न रहेको भन्दै प्रहरीले नौजना आन्दोलनकारीलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा बारा फेटाका तेजीलालप्रसाद साह कलवार, वीरगंज १३ का
जितेन्द्र कुशवाह, अमित जयसवाल, अनिलकुमार गुप्ता, सिकेन्द्र चौरसिया,
धीरजकुमार गुप्ता, विशालकुमार साह, मुन्ना मण्डल र सुरजकुमार तुराहा छन ।
उनीहरुलाई पक्राउ गरी आइतवार रिहा गरेको छ ।

प्रतिक्रिया