हेटौंडा, मंसिर २२ । हेटौंडाबाट काठमाडौंतर्फ गइरहेको ना३ख ५१३२ नम्बरको
मिनीट्रक भीमभेदी–कुलेखनी सडकखण्डको सिस्नेरीमा गएराति दुर्घटना हुँदा
दुई यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुने यात्रुमध्ये काभ्रेपलाञ्चोक जिल्लाको कुशादेवी गाविस वडा नं
६ बस्ने १८ वर्षीय अमृत आचार्य र वडा नं ९ बस्ने ५० वर्षीय ढकप्रसाद
तिमिल्सिना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोही दुर्घटनामा परी गम्भीर घाइते भएका सो ट्रकका चालक सोही गाविस बस्ने
रामकुमार आचार्य र सहचालक राजकुमार आचार्यलाई उपचारका लागि काठमाडौँ
पठाएको प्रहरीले जानकारी दिएको छ । (रासस)

प्रतिक्रिया