पक्राउ परेका युवालाई अबिलम्ब रिहाईको माँग गर्दै वीरगंजमा रिले अनसन शुरू
वीरगंज, २३ मंसिर । मधेस आन्दोलनको भावना बिपरीत नारायणी उपक्षेत्रीय
अस्पताल बिकास समिति पर्साले गरेको कर्मचारी नियुक्ती प्रक्रियाको
बिरोधमा अस्पतालबाट पक्राउ परेका मोर्चाका युवा नेताहरू ईश्वरचन्द्र
यादव,अनिल गुप्ता, निसान्त मिश्रा र लक्की शर्मा लगायतका आन्दोलनकारीलाई
बिना शर्त अबिलम्ब रिहा गर्नुपर्ने माँग राख्दै ओमप्रकास सर्राफको
नेतृत्वमा आज देखि वीरगंजको घण्टाघरमा रिले अनसन शुरू गरिएको छ । अनसनमा
मोर्चाका युवा नेताहरू शेख मुन्ना, सुजित त्रिपाठी, ननदु यादव, धन्जीव
मिश्रा, सीता पटेल,महेश पटेल,संदिप पटेल,संदिप चौरसिया,जलेश्वर
सर्राफ,रामगया कुशवाहा, लालचन्द महतो,दामोदर तिवारी, लगायत बसेका छन ।
अनसनमा संघीय समावेसी मधेसी गठबन्धनका नेताहरू शिव पटेल,राजकुमार
यादव,शशीकपुर मियाँ,महम्द कदम रसुल, छोटेलाल यादव,प्रेमबाबु पटेल, शरीफ
अहम्द,किसोरी यादव,उमेशलाल सहनी लगायतका नेताहरूले रिले अन्सनमा बसेका
आन्दोलनकारीहरूको हौसला बढाएका थिए । अनसनमा बसेका आन्दोलनकारीहरूले
मधेसको माँग तुरून्त पुरा गर, पक्राउ परेका युवा मोर्चाका नेताहरूलाई
तुरून्त रिहा गर,प्रहरी दमन बन्द गर लगायतको नारा लगाएका थिए । रिले
अनसनको शुभारम्भमा शहिदहरू प्रति श्रद्धान्जली अर्पण गरी शुभारम्भ गरिएको
थियो ।

प्रतिक्रिया