खोटाङ, पुस १ । जोत्न लगिएको गोरुले हान्दा खोटाङमा एक महिलाको मृत्यु
भएको छ । श्रीमानले जोत्न लगेको गोरु छेक्ने क्रममा गोरुले हान्दा
दिक्तेल नगरपालिका–१ की ५० वर्षीया चन्द्रकुमारी खत्रीको मृत्यु भएको हो
।
मङ्गलबार दिउँसो गोरुले हानेर गम्भीर घाइते भएकी महिलाको उपचारका क्रममा
बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ । खेत जोत्न बेसी लगिएको गोरु
नार्न खोज्दा नमानेपछि छेक्ने क्रममा महिलालाई हानेको प्रत्यक्षदर्शीले
बताएका छन् ।
गोरुले हानेलगत्तै बेहोस भएकी महिलाको शरीरमा चोट नदेखिए पनि भित्री असर
परेको जिल्ला अस्पताल खोटाङले जनाएको छ । महिलाको शवपरीक्षणपछि आफन्तको
जिम्मा लगाइएको प्रहरीले बताएको छ । (रासस)

प्रतिक्रिया