वीरगंज, २७ मंसिर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डाबर नेपालको ९०
वटा कन्टेनर नियन्त्रणमा लिएको छ । भारत निर्यात गर्न तयारी अवस्था रहेका
मालबाहक कन्टेनर नियन्त्रणमा लिएको बताइएको छ । उत्पादन मिति फरक रहेको
सूचनाका आधारमा कन्टेनर नियन्त्रणमा लिएको आयोगका डीएसपी हिमाल श्रेष्ठले
जानकारी दिए। उत्पादन मिति फरक रहेको जुसलगायतका वस्तुहरू निर्यात गर्न
लागेको सूचना पाएर कन्टेनर नियन्त्रमा लिएका हौं, डीएसपी श्रेष्ठले भने,
बाँकी कुरा अनुसन्धानपछि मात्र भन्नेछौं ।
यता डाबर नेपालका क्लियरिङ एजेन्टले भने ट्रक नियन्त्रणमा लिएर असहज
वातावरण बनाएको आरोप लगाएको छ । क्लियरिङ एजेन्ट लक्ष्मी नारायण शर्माका
अनुसार डाबर नेपालको फ्याक्ट्री र सुख्खा बन्दरगाहमा गरी ९० वटा कन्टेनर
अख्तियारले नियन्त्रणमा लिएको छ। ती सामानहरू रेलमार्फत भारत पठाउन
लागिएको शर्माले बताए।
अख्तियारको टोलीले आज बिहान वीरगंजको सिर्सियास्थित सुख्खा बन्दरगाहमा
डाबरको कन्टेनर सामान नियन्त्रणमा लिएर छानविन शुरू गरेको हो ।
अख्तियारका डिएसपी हिमाल श्रेष्ठले निर्यात गर्न लागिएको सामग्रीको
गुणस्तर र म्याद लगायतका विषयमा सूचना आएपछि छानविन थालिएको बताए ।
भन्सार प्रमुख देवीप्रसाद भण्डारीले डाबरले ९० कन्टेनर सामान निर्यात
गर्ने तयारी गरेकोमा ७७ कन्टेनर सामग्री बन्दरगाहमा आइपुगेको जानकारी दिए
। अख्तियारको अर्काे टोली बारा रामपुर टोकानीमा रहेको डाबर नेपालको
उद्योगमा पनि पुगेको छ ।
कन्टेनरमा म्याद गुज्रिएका जुस पनि बजारमा लैजान लागिएको भन्ने गोप्य
सूचनाको आधारमा अख्तियार टोलीले नियन्त्रणमा लिएको हो ।
यसैगरी हेटौडास्थित अख्तियारको क्षेत्रीय कार्यालयबाट प्रहरी निरीक्षक
डुण्डीराज न्यौपानेको टोली बारास्थित डाबर नेपालको कारखाना रामपुर टोकनी
पुगेर जाँच गरिरहेको छ ।

प्रतिक्रिया