काठमाडौं, मंसिर १६ । तराई मधेस आन्दोलनमा भारतको समर्थन जुटाउन मधेसवादी
नेताहरु धमाधम भारतीय नेतासँग भेटवार्ता गर्न थालेका छन् । यसै क्रममा
पछिल्लो पटक प्रभु साहको नेतृत्वमा मधेसी नेताहरुको एक टोलीले भारतको
प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता शशी थरुरसँग भेटवार्ता गरेको छ ।
भेटवार्ता कहिले र कहाँ भएको हो भन्नेबारे केही नखुलाई भारतीय नेता
थरुरले नेपालका मधेसी नेताहरुका साथ खिचाइएको तस्वीर ट्वीटरमार्फत
सार्वजनिकसमेत गरेका छन् । तर आफूसँग भेट गर्न आएका नेताहरुसँगको
व्यक्तिगत सम्बन्धमा निकै लामो दुरी रहेको उदाहरण झल्किने गरी थरुरले
टोली नेताको नाम नै गलत लेखेका छन् ।
उनले मधेसी टोली नेताको नाममा नेपालका पूर्व मन्त्री 'प्रकाश साह' लेखेका
छन् । जबकी उनीसँग पूर्व मन्त्री प्रभु साहको नेतृत्वमा गएको टोलीले
भेटवार्ता गरी फोटोसमेत खिचाएको हो ।

प्रतिक्रिया