रौतहट, २३ मंसिर । आफ्नै बुहारीलाई कुटपिट गर्दै गर्भपतन गराउने श्रीमान
र सासुलाई रौतहट जिल्ला अदालत गौरले पुर्पक्षकालागी जेल चालान गरेको छ।
घरायसी विवादमा बुहारीलाई कुटपिट गर्दै गर्भमा रहेको ६ महिनाको बच्चा
तुहाएको अभियोगमा रौतहटको कटहरीया गाविस– ८ सरभंगटोलका २५ वर्षीय
जितेन्द्र गोसाइ र ४५ वर्षीया राजकुमारी गोसाईलाई जिल्ला न्यायाधीश
बाशुदेव अधिकारीको मंगलवार बसेको एकल इजलाशले पुर्पक्षका लागि कारागार
चालान गरेको हो।
मंसिर २ गते सामान्य विवादमा ६ महिनाकी गर्भवती २० वर्षीया रेखादेवी
गोसाईंलाई उनकै श्रीमान जितेन्द्र र सासु राजकुमारीले संवेदनशील अंगमा
कुटपिट गरेका थिए। प्रहरीका अनुसार कुटपिटपछि उनी अचेत भएकी थिइन। उनलाई
घरपरिवारका सदस्यले कटहरियास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै
गर्दा व्यथा लागेको र उपचारको क्रममा केही घण्टामै उनको गर्भमा रहेको
बच्चा तुहिएको थियो। घटनावारे पीडित महिलाले माइती पक्षलाई जानकारी गरेकी
थिइन। कुटपिटपछि गर्भपतन हुँदा पीडितका बुवा करूनिया ९ का अन्चित
गोसाईंले इलाका प्रहरी कार्यालय गरूडामा मंसिर ४ गते लिखित उजुरी दिएपछि
प्रहरीले श्रीमान र सासुलाई नियन्त्रणमा लिएर गर्भपतन मुद्दा दर्ता गरी
अनुसनधान प्रक्रिया अगाडि बढाएको प्रहरी निरीक्ष्ँक सन्तुलाल प्रसाद
जैसवारले बताए।
पीडितको जाहेरी अनुसार प्रहरीले श्रीमान जितेन्द्र र सासु राजकुमारीलाई
नियन्त्रणमा लिएर आवशयक छानविन गरी मंगलवार जिल्ला अदालतमा पेश गरेका
थिए। पीडितका पक्षबाट जिल्ला न्यायधिवक्ता कमलराज पन्थी र अधिवक्ता सुरेस
तिवारीले बहस गरेका थिए।

प्रतिक्रिया