सुनसरी, मंसिर २१ । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला
सुनसरीको सुनापुर गाविसबाट घरबाट निकालिएकी एक महिलाले धरानको सडकमा
सोमबार छोरा जन्माएकी छिन् ।
सोमबार विहान वडा प्रहरी कार्यालय अगाडिको सडकमा सोनापुरकी समिरा देवीले
सडकमा सुत्केरी भएर छोरा जन्माएपछि स्थानीय महिला र धरान प्रहरीले उनको
उद्धार गरी बिपी प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना गरिएको छ ।
श्रीमान र घरका अन्य सदस्यले हेला गरेपछि घरबाट निकालिएको पिडित महिलाले
बताएकी छिन् ।
सडकमा अलपत्र अवस्थामा नवजात शिसु सहित रहेकी समिरा देबीलाई स्थानिय
महिलाले कपडा दिएर बच्चाको हेराचाह गरी प्रतिष्ठान भर्ना गरेका छन् ।
घरबाट निकालिएर सडकमा सुत्केरी भएकी समिराको वारेमा प्रहरीले अनुसन्धान
थालेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदम कुमार सिजापतीले
जानकारी दिए ।

प्रतिक्रिया