काठमाडौं, मंसिर २४ । मधेसमा तीन महिनादेखि जारी आन्दोलन र नाकाबन्दीको
यथार्थबारे जानकारी गराउन भन्दै चार दिनअघि दिल्ली उत्रिएका मधेसी
मोर्चाका नेताहरुले 'संवादबाटै समाधान खोज्न पहल गर्ने' बताएका छन ।
विहीबार कान्तिपुर दैनिकले समाचार प्रकाशित गर्दै मार्चाको आधिकारिक
धारणा सार्वजनिक गरेको हो । तर त्यसका लागि सरकारबाट स्पष्ट अवधारणा र
परिणाममुखी कार्ययोजना आउनुपर्नेुसमेत उनीहरुले बताएका छन् ।
मोर्चाका संयोजक महन्थ ठाकुरले फर्कनुअघि बुधबार साँझ भने'काठमाडौं फिरेर
मधेसी मोर्चा बार्तामा बस्ने र संवादको निरन्तर प्रक्रियाबाटै समाधान
खोज्न पहल गर्नेछ ।'
अर्का नेता उपेन्द्र यादवले आफूहरु समाधान खोज्न यहाँ नआएको भन्दै
आन्तरिक समस्याको समाधान अरुले गरिदिने नभई काठमाडौंमै खोज्नुपर्ने बताए
। उनले दिल्ली आएर मधेसी मोर्चाको आन्दोलन र मधेसी हक, अधिकार बारे
फैलाइएको भ्रम चिर्न आफूहरु सफल भएको पनि बताए ।
नेता राजेन्द्र महतोले भने सीमांकनको सवाल पनि तत्कालै टुंग्याइनुपर्ने
बताए । 'जसरी काठमाडौमा कांग्रेस, एमाले र एमाओवादीको राजनीतिक सूत्रलाई
सहमतिका आधार भनेर प्रचार गरिएको छ त्यसमा मधेसी मोर्चा सहमत छैन,'महतोले
भने,'त्यसमाथि कुरा र व्यवहारमा उधारो देखिने गरी ३ महिनामा सीमांकन
टुंग्याउने भन्ने खालको समझदारीमा अब हामी चल्न सक्दैनौं ।'
विगतमा यस्तै समझदारीले धेरै पटक धोका खाइसकिएको उनको भनाइ छ । वैवाहिक
अंगीकृत नागरिकताका हकमा पनि 'संघीय कानुन बनेपछि मात्रै सम्भव रहने
भनिएको कागजी सर्त' मान्नै नसकिने उनको भनाइ छ ।
दिल्लीमा विभिन्न राजनीतिक दलका नेता हुँदै विदेशमन्त्री र सुरक्षा
सल्लाहकार तहमा भेटबार्ता गरेका नेताहरुलाई 'सक्दो लचकता अपनाएर वार्तामा
बस्न सुझाव दिएको' भनेर बाहिर चर्चा आएकोबारे मधेसी मोर्चाका नेताहरुले
प्रतिक्रिया दिन चाहेनन ।
'लचकता भनेको बार्ता बढाउने उपाय मात्रै हो,' एक कुटनीतिक अधिकारीले
भने,'सीमांकनको मामिलामा विगतका समिति र आयोगहरुको सुझावलाई नसमेटी
तत्काल समस्या समाधान हुने स्थिति देखिन्न ।' दिल्ली पुगेका नेताहरु
मध्ये संयोजक ठाकुर र यादव बुधबार राति काठमाडौं आएका छन भने नेता महतो र
महेन्द्र राय यादव स्वास्थ्य उपचारका लागि दिल्लीमै रहनेछन् ।

प्रतिक्रिया