झारखण्ड, मंसिर २२ । भारतको झारखण्ड राज्यस्थित रामगढ जिल्लामा गुडिरहेको
एउटा रेलसँग जीप ठोक्किदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
भुरकुण्डा रेलवे स्टेशन नजिकै 'हावडा–भोपाल' रेलसँग जीप ठोक्किएको हो ।
मृतकमा तीनदेखि पाँच वर्षका ६ बालबालिका छन् । त्यसैगरी चारजना महिला र
तीन पुरुषको पनि सो दुर्घटनामा मृत्यु भएको छ ।
स्थानीय प्रहरीका अनुसार अनधिकृत रुपमा रेलवे लाइन पार गर्ने क्रममा जीप
'हावडा–भोपाल एक्सप्रेस'सँग ठोक्किएको हो । तीब्र गतिमा आएको रेलले
जीपलाई करिब एक किलोमिटरसम्म घिसारेको थियो । (एजेन्सी)

प्रतिक्रिया