नयाँ दिल्ली, मंसिर १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कै कारण
भारत असुरक्षित हुने देखिएको छ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन
इस्लामिक स्टेट (आइएस) ले मोदीकै कारण भारतविरुद्ध युद्धको घोषणा गरेको छ
।
आफ्नो नयाँ घोषणापत्रमा आइएसले इराक र सिरियाबाहिर प्रभाव जमाउने योजना
अन्तर्गत भारतलाई निशाना बनाइने उल्लेख गरेको हो ।
भारतमा धार्मिक द्वन्द्वलाई मोदीले बढावा दिएको उल्लेख गर्दै आइएसले
भारतविरुद्ध युद्धको उदघोष गरेको हो । भारतमा मोदी सरकारले इस्लामविरोध
भावना फैलाएको तथा मुस्लिम समुयाद असुरक्षित हुँदै गएको भन्दै आइएसले
मोदी सरकारकै कारण भारतमा युद्ध थालनी गर्नुपर्ने अवस्था आएको उल्लेख
गरेको छ ।
अंग्रेजी भाषामा प्रकाशित भारतीय अखबार 'इन्डियन एक्सप्रेस' का अनुसार
आइएसले घोषणापत्रमा भनेको छ, 'नरेन्द्र मोदी एक दक्षिणपन्थी हिन्दु
राष्ट्रवादी हुन् जो हतियारको पुजा गर्दछन् । उनी भविष्यमा
मुस्लिमविरुद्ध युद्धका लागि समर्थकहरुलाई तयार पारिरहेका छन् र उनीसँग
मुस्लिमविरुद्ध युद्धका लागि सशस्त्र सेना पनि छ ।' (एजेन्सी)

प्रतिक्रिया